default_image

3 years ago

September 11, 2022

सानदार जित निकाल्दै रियल म्याड्रिड शीर्षस्थानमा

260 views

0 Bookmark

एजेन्सी – घरेलु मैदानमा सानदार पूनरागमन जित निकाल्दै रियल म्याड्रिड पुनः स्पेनिस ला लिगाको शीर्षस्थानमा उक्लिएको छ ।

रियलले एक गोलले पछि परेको स्थिति उल्ट्याएर रियल मलोर्कामाथि ४–१ को सानदार जित निकाल्दै ला लिगामा लगातार पाँचौ जित निकाल्न सफल भएको छ । रियलको जितमा फेडे भाल्भेर्डे, भिनिसियस जुनियर, रोड्रिगो र एन्टेनियो रुडिगरले गोल गरे । मलोर्काका भेडाड मुरिक्युको गोल सान्त्वना बन्यो ।

सान्टियागो बर्नबेउमा आइतबार राति भएको खेलको ३५औं मिनेटमा भेडाड मुरिक्युको गोलबाट घरेलु टोली रियल खेलमा पछि परेको थियो । तर, रियल पहिलो हाफमै खेलमा फर्कियो । इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा भाल्भेर्डेले ड्यानियल सेवालोसको पासमा गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।

७२औं मिनेटमा भिनिसियस जुनियरले गोल गर्दै रियललाई २–१ को अग्रता दिलाए । उनले रोड्रिगोको पासमा गोल गर्न सफल भए । ८९औं मिनेटमा रोड्रिगोले ड्यानी कार्भाजलको पासमा गोल गर्दै रियललाई सहज जिततर्फ अघि बढाए ।

त्यसपछि इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा एन्टेनियो रुडिगरले टोनी क्रुसको पासमा गोल गर्दै रियलको फराकिलो पूनरागमन जित पक्का गरे ।

यस जितसँगै रियलले बार्सिलोनालाई पछि पार्दै पुनः शीर्षस्थानमा उक्लन सफल भएको छ । बार्सिलोनाले क्याडिजलाई ४–० ले हराएर शीर्षमा उक्लिएको थियो ।

लगातार पाँचौं जितसँगै रियलको १५ अंक पुगेको छ । दोस्रो स्थानमा झरेको अपराजित नै रहेको बार्सिलोनाको १३ अंक छ । पराजित मलोर्का ५ अंक जोडेर १३औं स्थानमा छ ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.