3 years ago
September 12, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय फुटबल टोली समूह बी को विजेता बन्दै छैटौं महिला साफ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । समूहको अन्तिम खेलमा श्रीलंकालाई ६-० ले पराजित गर्दै नेपाल अन्तिम चारमा प्रवेश गरेको हो ।

नेपालको जितले भुटान पनि समूह उपविजेता बन्दै सेमिफाइनलमा पुगेको छ । दुई खेलमै हार बेहोरेको श्रीलंका समूह चरणबाटै बाहिरिएको छ । सोमबार दशरथ रंगशालामा नेपालका लागि अमिशा कार्कीले २ तथा रश्मीकुमारी घिसिङ, सरु लिम्बु, अमृता जैशी र दीपा शाहीले १-१ गोल गरे । पहिलो हाफमा चार गोल गरेको नेपाल दोस्रो हाफमा दुई गोल थप्यो । दोस्रो हाफमा मैदान प्रवेश गरेकी अमिशाले दुवै गोल गरिन् ।
खेलको आठौं मिनेटमा अनिता बस्नेतको पेनाल्टी बक्स बाहिरको प्रहार गोलरक्षकले बचाइन् । लगत्तै नवौं मिनेटमा रश्मीकुमारी घिसिङको गोलबाट नेपालले सुरुवाती अग्रता लिन सफल भयो । हीरा कुमारी भुजेलको क्रसलाई रश्मीले हेडरमार्फत जाली चुमाए । ११औं मिनेटमा सरु लिम्बुको गोलबाट नेपालले अग्रता दोब्बर पार्यो । उनले अमृता जैशीको क्रसलाई सरुले हेडरमार्फत जाली चुमाइन् ।
१७औं मिनेटमा अमृता जैशीले गोल गर्दै नेपाललाई ३–० ले अघि बढाइन् । उनले अनिता बस्नेतको कर्नरलाई हेडरमार्फत नै जाली चुमाइन् । २९औं मिनेटमा गोललाइन नजिकै नेपालले सुवर्ण अवसर पाएपनि रेखा पौडेल र अनिताबीच तालमेल नमिल्दा गोल निस्कन सकेन । ३५औं मिनेटमा अनिताको कर्नरमा हीराको प्रहार श्रीलंकाका गोलरक्षक योहानी विरसिंगेले बचाइन् । लगत्तै श्रीलंकाली डिफेन्डरको क्लिअरेन्स टप कर्नरमा लागेर फर्कदा नेपालले थप अग्रता बढाउन सकेन ।

३९औं मिनेटमा अनिता बस्नेतको फ्रिकिकलाई गोलरक्षकले नियन्त्रणमा लिइन् । ४२औं मिनेटमा श्रीलंकाले पहिलो आक्रमण बुन्दा नेपाली टोलीका गोलरक्षक तथा कप्तान एन्जिला तुम्बाप्पो सुब्बालाई कुनै खतरा भएन ।
इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा दीपा शाहीले गोल गर्दै नेपाललाई पहिलो हाफमा ४–० को अग्रता दिलाइन् । दीपाले गोलरक्षक रडिफेन्सले क्लियर गर्न नसकेको बललाई पहिलो बारमा गोल गर्न सफल भइपन् । उनले राष्ट्रिय टोलीका लागि पहिलो गोल गर्न सफल भएकी हुन् । यसै साफ च्याम्पियनसिपका लागि टोलीका परेकी दीपाले भुटानविरुद्धको खेलबाट सिनियर टोलीमा डेब्यु गरेकी थिइन् ।
५५औं मिनेटमा दीपा शाहीको बक्सबाहिरको प्रहार क्रसबारबाट थोरै बाहिरियो । ६३औं मिनेटमा सरु लिम्बुको क्रसमा अनिता बस्नेतको प्रहार पहिलो बार च्याप्दै बाहिरियो । ७७औं मिनेटमा परिवर्तित खेलाडी अमिशा कार्कीले गोल गर्दै नेपाललाई ५–० ले अघि बढाइन् । विपक्षी डिफेन्डरको कमजोर डिफेन्सको फाइदा उठाउँदै नजिकै रहेका अमिशाको चिप प्रहार गोलमा परिणत भयो । अमिशा ५५औ मिनेटमा रेखा पौडेलको स्थानमा मैदान प्रवेश गरेकी थिइन् । ८२औं मिनेटमा अमिशाले सुवर्ण अवसर पाएपनि उनको प्रहार आकासियो ।

८४औं मिनेटमा अनिता केसीको क्रसमा रश्मीले सुवर्ण अवसर पाएपनि उनले ढिला गरि गरेको प्रहार पोस्ट नजिकैबाट बाहिरियो । इन्ज्युरी समयम अमिशाले एकल प्रयासमा सुन्दर गोल गरिन् । गोलरक्षक र डिफेन्सको चुनौती चिर्दै उनले उत्कृष्ट फिनिस गरेकी थिइन् ।
समूह ‘बी’ मा नेपालले दुई खेलबाट ६ अंक जोड्यो । भुटानले ३ तथा श्रीलंका अंक विहीन बन्यो । नेपालले यसअघि पहिलो खेलमा भुटानलाई ४–० ले हराउँदा भुटानले श्रीलंकालाई ५–० ले हराएको थियो ।
November 14, 2025
रविन्द्र वाईबा, हेटौंडा बाराको नव जागृती युवा क्लब र सुर्खेतको कार्केविहार युथ क्लब राष्ट्रिय लिगको लागि छनोट भएका छन् । हेटौंडामा जारी एन्फा प्रेसिडेन्ट लिगको समूहबाट दुवै टोली लिगका लागि छनोट भएका हुन् । दुवै समान १० अंकसहित सेमिफाइनलमा प्रवेश गरेको छन्। समुह चरणको अन्तिम दिनको पहिलो खेलमा आज नव जागृतीले तनहुँको हैरान्स क्लबलाई ७-२ […]
November 14, 2025
दिपक बोहोरा, पाँचथर मिक्वाखोला गाउँपालिका–४ साँवास्थित फुङफुङदेन झरना पर्यटन विकास समितिले यस वर्ष फुटबल प्रतियोगिताका लागि अनौठो निर्णय गरेको छ। फुटबल प्रतियोगिताको विजेतालाई नगद होइन, अलैँची पुरस्कार दिने भएको छ। समितिका अध्यक्ष विजय साँवाका अनुसार पहिलो पुरस्कार ३ लाख २ हजार ८२ रुपैयाँ बराबरको अलैँची र दोस्रो पुरस्कार १ लाख ५२ हजार ८२ रुपैयाँ बराबरको […]
November 14, 2025
एजेन्सी – पोर्चुगलले २०२६ विश्वकपको छनोटमा बिहीवार दोहोरो मार बेहोरेको छ। आयरल्याण्डसँग २-० ले पराजित भएपछि विश्व कपमा स्थान सुरक्षित गर्न प्रतीक्षा गर्नुपर्ने भएको छ। त्यस्तै खेलमा कप्तान क्रिस्टियानो रोनाल्डोले रातो कार्डको सामना गरे। रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलमा पहिलो पटक रातो कार्डको सामना गरेका हुन् । घरेलु टोलीका ट्रोय प्यारोटले पहिलो हाफमै दुई गोल गर्दै आयरल्याण्डलाई […]