default_image

3 years ago

September 15, 2022

तीन स्टारको गोलमा पिएसजीको पूनरागमन जित

249 views

0 Bookmark

एजेन्सी – तीन स्टार (लियोनेल मेस्सी, केलियन एमबाप्पे र नेयमार) को गोलमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) ले युइएफए च्याम्पियन्स लिगमा पूनरागमन जित निकालेको छ ।

पिएसजीले एक गोलले पछि परेको स्थिति उल्ट्याएर इजरायली क्लब मकावी हाइफामाथि ३–१ को सानदार पूनरागमन जित निकालेको हो ।

सामी अफर स्टेडियम हाइफामा बुधबार राति भएको खेलको २४औं मिनेटमा टिजारोन चेरीको गोलबाट घरेलु टोलीले पिएसजीविरुद्ध अग्रता बनाएको थियो । मार्काे भेराट्टीले बल फुत्काएपछि डोलेभ हाजिजाले दिएको क्रस पासलाई चेरीले वान टचमा गोल गर्न सफल भएका थिए ।

३७औं मिनेटमा मेस्सीले गोल गर्दै पिएसजीलाई खेलमा फर्काए । एमबाप्पेको लो क्रसलाई मेस्सीले सिक्स यार्ड बक्समा नियन्त्रणमा लिदै गोल गर्न सफल भएका थिए ।

६९औं मिनेटमा एमबाप्पेले गोल गर्दै पिएसजीलाई २–१ को अग्रता दिलाए । उनले मेस्सीको पासलाई दोस्रो बार च्याप्दै गोल गर्न सफल भएका थिए । ८८औं मिनेटमा नेयमारले गोल गर्दै पिएसजीको जित पक्का गरे । मार्काे भेराट्टीको पासलाई नेयमारले अफसाइड बिट ट्याप गर्दै गरेको प्रहार गोलमा परिणत भएको थियो ।

यही समुह ‘एच’ को अर्काे खेलमा इटालियन क्लब युभेन्ट्स घरेलु मैदानमा सुरुवातस् अग्रता लिनका वावजुत त्यसलाई जोगाउन नसक्दा पोर्चुगिज क्लब बेन्फिकासँग २–१ ले स्तब्ध बनेको छ । युभेन्ट्सले एर्काडिअस्ज मिलिकको गोलमा अग्रता लिएको थियो । बेन्फिकाका जोओ मारियो र डेभिड नेरेसले गोल गर्दै जित पक्का गरे ।

यस नतिजासँगै पिएसजी दुई खेलबाट ६ अंक जोडेर शीर्षस्थानमा रहेको छ । समान ६ अंक नै रहेपनि बेन्फिका गोलअन्तरमा पछि छ । युभेन्ट्स र मकावीले अंक जोड्न सकेको छैन ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.