default_image

3 years ago

September 15, 2022

अमेरिकामा गोर्खाज दशैं कप हुने

182 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – डलास गोर्खाज फाउन्डेसनको आयोजनामा ११औं गोर्खाज दशैं कप फुटबल प्रतियोगिता यसै महिना आयोजना हुने भएको छ ।

प्रतियोगिता सेप्टेम्वर २४ र २५ तारिखमा हुनेछ । प्रतियोगितामा रेगुलर क्याटगोरीमा १८ टोली, ३५ वर्षमाथि १० टोली र यू १२ र यू ७ मा चार टोलीको सहभागिता रहनेछ ।

खुल्लातर्फको विजेताले १० हजार अमेरिकी डलर र शिल्ड हात पार्नेछ । दोस्रो हुनेले ४ हजार डलर प्राप्त गर्नेछ । ३५ वर्षमाथिको विजेताले ५ हजार डलरसँगै शिल्ड जित्नेछ । दोस्रो हुनेले २ हजार डल पाउनेछ ।

प्रतियोगितामा नेपाली राष्ट्रिय टोलीबाट खेलिसकेका र ए डिभिजन लिगको लामो अनुभव बोकेका पर्वत पाण्डे र प्रलय राजभण्डारीको पनि सहभागिता रहनेछ । पाण्डे शेर्पा युनाइटेड क्लबको प्रशिक्षकको रुपमा तथा प्रलय रोयल नेपाल एफसी डलासको प्रशिक्षकको रुपमा आबद्ध छन् ।

डलास दशैं कप नियमित फुटबल प्रतियोगिता मात्रै नभएर अमेरिकामा नेपाली फुटबल समुदायको पर्व बनिसकेको छ । क्लबले विगत ११ वर्षदेखि नेपाली समुदायलाई एउटै प्लेटफर्ममा एकताबद्ध गरी संस्कृतिलाई एकसाथ मनाउने गर्दै आएको छ ।

आयोजक समितिका संयोजक अनुप घिमिरेले ११औं संस्करणको दशैं कपको तयारी पूरा भएको जनाएको छ । क्लबका अध्यक्ष विनोद विष्टले आफ्नो समुदायमा यस्तो खालको कार्यक्रम ल्याउदा र सबैलाई खेल्ने अवसर प्रदान गर्न पाउँदा हर्षित रहेको बताएका छन् ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.