default_image

3 years ago

September 16, 2022

सेमिफाइनलको पहिलो हाफमै बंगलादेशलाई फराकिलो अग्रता

258 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – छैटौं महिला साफ च्याम्पियनसिप अन्तर्गत पहिलो सेमिफाइनलमा बंगलादेश र भुटान खेल्दैछन् । खेलको पहिलो हाफमा बंगलादेश ४-० ले अघि छ ।

दशरथ रंगशालामा जारी खेलको दोस्रो मिनेटमै बंगलादेशले अग्रता लियो । मोसमत जाहान सोपनाले गोल गर्दै बंगलादेशलाई अग्रता दिलाइन् । मिडफिल्डमा भुटानले बल फुस्काएपछि मोनिका चक्माले पहिलो टचमै छरितो पास दिँदै सोप्नालाई अघि बढाइन् । सोप्नाले अफसाइड ट्रयाप बिट गर्दै गोलरक्षकलाई छक्याउँदै खाली पोस्टमा गोल गरिन् ।

खेलको १६ औं मिनेटमा सोप्ना चोट बोक्दै बाहिरिइन् । त्यसका बाबजुद दुई मिनेटपछि नै बंगलादेशले अग्रता दोब्बर पर्यो । मारिया मान्दाले मिडफिल्डमा बल खोसेर एक डिफेन्स पार गर्दै उत्कृष्ट पास खेलाइन् । कप्तान सविनाले अफसाइड ट्रयाप बिट गर्दै उनको पास नियन्त्रणमा लिइन् । त्यसपछि अघि बढेकी गोलरक्षकलाई बिट गर्दै सविनाले कठिन एंगलबाट फिनिस गरिन् ।

३० औं मिनेटमा बंगलादेशले श्रीमती कृष्णारानी सरकारको गोलमा ३-० को अग्रता लियो । बेन्चबाट सोप्नाको स्थानमा आएकी ऋतु पोर्ना चक्माको क्रसमा कृष्णारानीले हेडरमार्फत गोल गरिन् । ३५ औं मिनेटमा ऋतुले अर्को गोल थपिन् । उनको पहिलो प्रहार गोलरक्षक संगीता मोंगरले बचाएपनि रिबाउन्ड उनको खुट्टामा पुग्दा ऋतुले दोस्रो प्रहारमा गोल गरिन् ।

आज हुने दोस्रो सेमिफाइनलमा साविक विजेता भारत र नेपाल भिड्नेछन् । खेल रंगशालामा साँझ ५:३० बजे सुरु हुनेछ ।

यो पनि : नेपाल विरुद्ध भारत : मिडफिल्ड युद्धमा खेलको छिनोफानो

December 13, 2025

चेल्सी र लिभरपुलको जित

एजेन्सी – प्रिमियर लिगमा शनिवार चेल्सी र लिभरपुल विजयी भएको छ। चेल्सीले स्टामफोर्ड ब्रिजमा एभर्टनलाई २–० ले हराउँदै प्रिमियर लिगमा चार खेलपछि जित निकालेको हो।खेलको २१ औं मिनेटमा कोल पाल्मर र मालो गुस्टोले ४५ औं मिनेटमा गोल गर्दै चेल्सीलाई जित दिलाए। लामो समयको चोटपछि फर्किएका पाल्मरले सेप्टेम्बरयताकै पहिलो लिग गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। […]

December 12, 2025

युरोपा लिग – ६ टोलीको नकआउट चरण पक्का

एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्‍यो। खेलको सुरुवातबाटै […]

December 11, 2025

इस्ट बंगालको दोस्रो जित, एपिएफ रोकियो

काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]

Success

Thank you for your time.