3 years ago
September 16, 2022
काठमाडौं (हाम्रो खेलकुद)– कतार विश्व कप २०२२ को नेपालमा प्रत्यक्ष प्रसारण अधिकार मिडिया हबले पाएको छ । नेपालमा विभिन्न टेलिभिजनको माध्यमबाट मिडिया हबले विश्व कप प्रसारण गर्ने राजधानीमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइयो । विश्व कप मंसिर ४ गते देखि पुस ३ गते सम्म सञ्चालन हुनेछ ।

कार्यक्रममा मिडिया हबका अध्यक्ष सोम प्रसाद धितालले कतार विश्व कप २०२२ को नेपालको भू–सतही, स्याटलाइट, डि.टि.एच, केबल, ब्रोडब्याण्ड एवं मोबाइल तथा अन्य विद्युतिय प्रसारणको एकाधिकार प्राप्त गरेको जानकारी दिए । नेपालमा कतार विश्व कप २०२२ को लोगो र मस्कट प्रयोग, प्रसारण, प्रायोजन र प्रतिलिपीको सम्पूर्ण अधिकार मिडिया हब प्रा. लि.मा मात्रै सिमित पनि धितालले प्रष्ट पारे ।
सोही अवसरमा मिडिया हब तथा टेलिभिजन सिग्नल प्रदायक संस्थाहरु एनआईटिभी स्ट्रीम्ज् र भायानेट कम्युनिकेशन्स प्रा.लि.संग पनि सहकार्यको लागि छुट्टा–छुट्टै सम्झौतामा हस्ताक्षर भएको थियो । मिडिया हब अध्यक्ष धितालले तथा भायानेट कम्युनिकेशन्स प्रा.लि.का तर्फबाट कम्पनिका निर्देशक विनय बोहरा र एनआईटिभी स्ट्रीम्ज् तर्फबाट कम्पनिका अध्यक्ष मनोज कुमार अग्रवालले हस्ताक्षर गरे । सम्झौता अनुसार ती दुई कम्पनीमार्फत टेलिभिजन लाईन लिएका नेपाली दर्शकहरुले अब कतार विश्व क २०२२ को प्रत्यक्ष प्रशारण हेर्न सक्ने पक्का भएको बताइएको छ ।

त्यस्तै मिडिया हबले कतार विश्व कपको विज्ञापन विक्री प्रबन्धको लागि एडप्याड एक्युजिशन मार्केटिग पार्टनरको रुपमा रहनेछ । मिडिया हबका अध्यक्ष धिताल र एडप्याड एक्युजियशनका तर्फबाट प्रबन्ध निर्देशक सुरज गिरीले हस्ताक्ष गरे ।
विश्वकप फुटबल नेपाली दर्शकले सर्वाधिक हर्ने र रुचाएको अन्तर्राष्ट्रिय प्रतियोगिता भएको उल्लेख गर्दै मिडिया हबका अध्यक्ष धिताले टेलिभिजन च्यानल र सेवा प्रदायक संस्थाहरुसंग सहकार्य गरेपछि विश्व कप दर्शकले सहजै हेर्न पाउने बताए ।

December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]
December 8, 2025
एजेन्सी – रियल म्याड्रिड ला लिगामा आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]