default_image

3 years ago

September 18, 2022

नेपाललाई ३८ वर्षपछि दशरथ रंगशालामा उपाधि जित्ने अवसर

371 views

0 Bookmark

प्रकाश तिमल्सिना, काठमाडौं

नेपाललाई ३८ वर्षपछि दशरथ रंगशालामा फुटबलको अधिकारिक प्रतियोगितामा उपाधि जित्ने अवसर मिलेको छ । दशरथ रंगशालामा जारी महिला साफ च्याम्पियनसिपको छैटौं संस्करणको फाइनलमा सोमबार नेपालले बंगलादेशको सामना गर्दैछ ।

स्वदेशमा सन् १९८४ मा भएको तत्कालिन दक्षिण एसियाली महासंघिय खेलकुद (साफ) हालको दक्षिण एसियाली खेलकुद (साग) को पहिलो संस्करणमा नेपाली पुरुष टोलीले फुटबल उपाधि जितेको थियो । सिनियर टोलीले स्वदेशमा जितेको त्यो एकमात्र औपचारिक अन्तर्राष्ट्रिय फुटबल उपाधि हो । त्यसयता नेपाली सिनियर महिला वा पुरुष टोलीले स्वदेशमा उपाधि जितेको छैन । पुरुष फुटबलमा पहिलो अन्तर्राष्ट्रिय उपाधि जितेको ३८ वर्षपछि सोही दशरथ रंगशालामा महिला टोलीले पहिलो अन्तर्राष्ट्रिय उपाधि जित्ने अवसर पाएको छ ।

पछिल्लो पटक पुरुष टोलीले सन् २०१६ मा मलेसियामा भएको एएफसी सोलिडारिटी कप जितेको थियो । नेपालले जितेको त्यो नै अन्तिम फुटबल उपाधि हो । त्यसअर्थ ६ वर्षयता नेपाल अन्तर्राष्ट्रिय फुटबलमा उपाधिविहिन छ । यसबीचमा नेपालको पुरुष टोलीले साफ च्याम्पियनसिप तथा महिला टोलीले साफ र सागको फाइनल खेल्दा उपाधि जित्न सकेन ।

नेपाली टोली स्वदेशमा समग्रमा पाँचौं पटक अन्तर्राष्ट्रिय प्रतियोगिताको फाइनल खेल्ने तयारीमा छ । महिला टोलीले स्वदेशमा फाइनल खेल्न लागेको यो तेस्रो अवसर हो । यसअघि महिला टोलीले सन् २०१९ एकै वर्षमा नेपालले पाँचौं साफ च्याम्पियनसिप र १३ औं सागको फाइनल खेलेको थियो । साफ विराटनगर र साग पोखरामा भएको थियो ।

महिला टोलीले दशरथ रंगशालामा पहिलो पटक खेलको अन्तर्राष्ट्रिय प्रतियोगिता साफ च्याम्पियसिप हो । पुरुष टोलीले भने १९८४ पछि सन् १९९९ को आठौं सागमा दशरथ रंगशालामा फाइनल खेलेको थियो । त्यति बेला भने नेपाल फाइनलमा पराजित भएको थियो ।

स्वदेशमा सिनियर टोली उपाधि विहिन भएपनि नेपाली उमेर समूहका टोलीले भने सफलता प्राप्त गरेका छन् । सन् २०१५ मा सातदोबाटोस्थित एन्फा टेक्निकल सेन्टरमा भएको साफ यू १९ च्याम्पियनसिपको उपाधि जितेको नेपालले २०१९ मा दशरथ रंगशालामा भएको १३ औं सागको फुटबल उपाधि जितेको थियो ।

नवौं सागयता पुरुष फुटबलमा यू २३ टोलीले प्रतिस्पर्धा गर्दै आएका छन् । सन् २०१५ मा महिला यू १४ च्याम्पियनसिपमा नेपाल फाइनलमा बंगलादेशसँग पराजित भएको थियो । २०७७ सालको चैतमा भएको थ्री नेसन्स कप नेपालले जितेपनि त्यो अधिकारिक अन्तर्राष्ट्रिय प्रतियोगिता भने थिएन ।

यो पनि पढ्नुहोस् : कुन अन्तर्राष्ट्रिय मैत्रीपूर्ण, कुन अधिकारिक प्रतियोगिता ?

December 13, 2025

चेल्सी र लिभरपुलको जित

एजेन्सी – प्रिमियर लिगमा शनिवार चेल्सी र लिभरपुल विजयी भएको छ। चेल्सीले स्टामफोर्ड ब्रिजमा एभर्टनलाई २–० ले हराउँदै प्रिमियर लिगमा चार खेलपछि जित निकालेको हो।खेलको २१ औं मिनेटमा कोल पाल्मर र मालो गुस्टोले ४५ औं मिनेटमा गोल गर्दै चेल्सीलाई जित दिलाए। लामो समयको चोटपछि फर्किएका पाल्मरले सेप्टेम्बरयताकै पहिलो लिग गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। […]

December 12, 2025

युरोपा लिग – ६ टोलीको नकआउट चरण पक्का

एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्‍यो। खेलको सुरुवातबाटै […]

December 11, 2025

इस्ट बंगालको दोस्रो जित, एपिएफ रोकियो

काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]

Success

Thank you for your time.