3 years ago
September 19, 2022
काठमाडौं (हाम्रो खेलकुद) – छैटौं महिला साफ च्याम्पियनसिपको उपाधिसँगै बंगलादेशले व्यक्तिगत अवार्डमा पनि क्लिन स्विप गरेको छ ।

दशरथ रंगशालामा सोमबार इतिहासकै पहिलो उपाधि जित्ने क्रममा घरेलु टोलीलाई ३-१ ले पराजित गरेको हो । उपाधि दिलाउने क्रममा उत्कृष्ट प्रदर्शन गरेकी बंगलादशकी कप्तान सविना खातुन प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी चुनिइन् । उनले प्रतियोगिता अवधिभर ८ गोल गर्दै सर्वाधिक गोलकर्ताको अवार्ड पनि जितिन् ।
बंगलादेशकै गोलरक्षक रुपना चक्मा प्रतियोगिताको उत्कृष्ट गोलरक्षक चुनिइन् । बंगलादेशले प्रतियोगिताको फेयर प्ले ट्रफी पनि हात पार्यो ।
December 7, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]
December 7, 2025
एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]
December 7, 2025
एजेन्सी – इन्टर मियामीले शनिवार भ्यानकुवर ह्वाइटक्याप्सलाई ३–१ ले हराउँदै पहिलो एमएलएस कप जितेको छ। खेलमा लियोनेल मेस्सीले दुई असिस्ट दिए। खेलको सुरुआतमै मियामीले अग्रता लियो। आठौं मिनेटमा टाडेओ आलेन्देको पास रोक्न खोज्दा भ्यानकुवरका डिफेन्डर एडियर ओक्याम्पोबाट आत्मघाति गोल भयो। त्यसपछि भ्यानकुवरले दबाब बनाउँदै ६० औं अली अहमेदमार्फत बराबरी गोल गर्यो। मियामीका गोलरक्षक रोको रिओस […]