3 years ago
September 19, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक कुमार थापाले प्रशिक्षक पद त्याग्ने घोषणा गरेका छन् ।

प्रशिक्षक थापाले सोमबार सम्पन्न साफ महिला च्याम्पियनसिपको फाइनलपछि पदमा नरहने बताए । उनले आफूले उपाधि दिलाउन नसकेपछि पदमा बस्नु उचित नरहेको बताउँदै पद छाड्ने जानकारी दिए । थापाले यसै प्रतियोगिताको सुरुवातमा जिम्मेवारी पाएका थिए ।
सन् २०१६ मा प्रशिक्षकको जिम्मेवारी पाउँदा थापा सेमिफाइनलमा रोकिएका थिए । त्यसबेला सिलीगुडीमा भएको प्रतियोगितामा भारत बाधक बनेको थियो । यसपटक भारतलाई सेमिफाइनलमा पन्छाएपनि नेपाल फाइनलमा बंगलादेशसँग पराजित भयो ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]