3 years ago
September 19, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय टोलीका सदस्यत्रय पुनम जर्घा मगर, दीपा राई र इन्दिरा राईले अन्तर्राष्ट्रिय खेल जीवनबाट सोमबार सन्यासको घोषणा गरेका छन् । तीनै खेलाडी त्रिभुवन आर्मी फुटबल क्लबका हुन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा छैटौं संस्करणको महिला साफ च्याम्पियनसिपको समापनसँगै रक्षक पुनम, मिडफिल्डरद्वय दीपा र इन्दिराले सन्यासको घोषणा गरेका हुन् । अखिल नेपाल फुटबल संघ (एन्फा) ले ब्लेजरसहित उनीहरुको विदाई गरेका थिए । दशरथ रंगशालामा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले तीन खेलाडीलाई ब्लेजर लगाइदिएका थिए ।
झन्डै १६ हजार घरेलुसमर्थकबीच बंगलादेशसँग ३–१ ले पराजित हुँदै नेपाल पाँचौं पटक उपविजेतामा सीमित बन्न पुग्यो ।
डिफेन्डर पुनमले यस साफ च्याम्पियनसिपको सबै चार खेलमा पहिलो रोजाईमा खेल्दै पूरा समय मैदान बिताइन् । दीपा र इन्दिरा सबै चार खेलमा बेञ्चमा नै सीमति रहे ।
पुनम गत वर्ष भदौंमा दशरथ रंगशालामै बंगलादेशसँगको पहिलो मैत्रीपुर्ण खेलपछि स्वास्थ्य स्थितिका कारण राष्ट्रिय टोलीबाट बाहिरिएकी थिइन् । बंगलादेशसँगको पहिलो मैत्रीपुर्ण खेलमा पुनम १२औं खेलाडीको रुपमा मैदान प्रवेश गरेकी थिइन् । उक्त खेलपछि उनमा मुटुमा समस्या रहेको बताइएको थियो । त्यसपछि उनको मुुटुको शल्यक्रिया भएपछि उनले यसै साफ च्याम्पियनसिपमार्फत राष्ट्रिय टोलीमा पूनरागमन गरेकी थिइन् । मुटुको शल्यक्रिया भएपछि पुनमले यसै साफ च्याम्पियनसिपमार्फत राष्ट्रिय टोलीमा पूनरागमन गरेकी थिइन् ।
November 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- बंगलादेशविरुद्ध आज हुने मैत्रीपूर्ण नेपाली राष्ट्रिय फुटबल टोलीको पहिलो रोजाई सार्वजनिक भएको छ। राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक हरि खड्काले बंगलादेशविरुद्ध नेपालको पहिलो रोजाइमा अन्जन विष्ट पनि राखेका छन्। उनका लागि राष्ट्रिय टोलीबाट कीर्तिमानी गोल गर्ने अवसर छ। अन्जन अहिले पूर्व कप्तान समेत रहेका खड्का र निराजन रायमाझीसँगै १३ गोलका साथ सर्वाधिक […]
November 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी मिडफिल्डर फुटबलर प्रीति राईले इत्तिहाद क्लबका लागि पहिलो गोल गरेकी छिन्। इत्तिहादले महिला जोर्डन कपमा बुधवार फ्युचर नाशामालाई ७-० ले पराजित गरेको हो। प्रीति बुधवार पहिलो रोजाइमा थिइनन्। उनले दोस्रो हाफमा मैदान प्रवेश गरेर ७० औं मिनेटमा गोल गरिन् । इत्तिहादका जन्ना मतूकले तेस्रो, मज स्वेइलेमले १९औं गोल […]
November 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल र बंगलादेशको राष्ट्रिय पुरुष फुटबल टोलीबीच आज ढाकामा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल हुँदैछ। खेल नेपाली समय अनुसार साँझ ७:४५ बजे सुरु हुनेछ।पछिल्लो ६ खेलमा नेपालले जित निकाल्न सकेको छैन। त्यो निराशाजनक नतिजालाई उल्टाउँदै जितको खोजीमा नेपाली टोली रहनेछ। नेपालले गत मार्चमा सिंगापुरलाई १-० ले हराएपछि ४ खेलमा हार र २ खेलमा […]