3 years ago
September 20, 2022
काठमाडौं (हाम्रो खेलकुद) – छैटौं महिला साफ च्याम्पियनसिपको उपविजेता नेपाली महिला राष्ट्रिय फुटबल टोलीले सरकारबाट पुरस्कार पाउने भएको छ ।

युवा तथा खेलकुद मन्त्रालयले हालै बनाएको खेलकुद पुरस्कार तथा सम्मान कार्यविधिमा दक्षिण एसियाली च्याम्पियनसिपमा स्वर्ण, रजत र कांस्य विजेताका लागि निश्चित पुरस्कारको व्यवस्था छ । २०७२ सालमा बनेको कार्यविधि २०७६ सालमा संशोधन भएको थियो । यी दुवैमा नसमेटिएको दक्षिण एसियाली प्रतियोगितासहित अन्य पुरस्कार व्यवस्था भने नयाँ कार्यविधिमा रहेको छ ।
नयाँ कार्यविधि मन्त्रिपरिषदबाट पारित भएपनि राजपत्रमा प्रकाशित भइसकेको छैन । मन्त्रिपरिषदबाट पारित भएकाले यो कार्यविधिमा आधारित रहेर नै फुटबल खेलाडीले पुरस्कार पाउने युवा तथा खेलकुद मन्त्रालयका सचिव डा. दामोदर रेग्मीले हाम्रो खेलकुदलाई जानकारी दिए । एक साताभित्र राजपत्रमा प्रकाशित हुने र हाललाई त्यसमा नै आधारित रहेर पुरस्कार घोषणा गर्ने डा. रेग्मीले बताए ।
नयाँ पुरस्कार कार्यविधिअनुसार सामुहिक खेलतर्फ फुटबलको दक्षिण एसियाली च्याम्पियनसिपमा स्वर्ण/उपाधि जित्ने टिमका खेलाडीले जनही ५ लाख रुपैयाँ पुरस्कार पाउने थिए । तर फाइनलमा पराजित भएपछि उपविजेता बनेको टिमको हरेक खेलाडीले जनही ३ लाख रुपैयाँ पुरस्कार पाउनेछन् ।

उपविजेता टोलीका प्रमुख प्रशिक्षकले २ लाख र सहायक प्रशिक्षक, फिजियो वा चिकित्सकले १ लाख २० हजार रुपैयाँका दरले पुरस्कार पाउनेछन् । उपविजेता बन्न सफल टोलीको खेल संघको रुपमा अखिल नेपाल फुटबल संघले २ लाख रुपैयाँ पुरस्कार पाउनेछ ।
यसअघिको २०७२ सालमा बनेको कार्यविधिलाई २०७६ सालमा संशोधन गर्दा दक्षिण एसियाली खेलकुद र क्रिकेटका विभिन्न प्रतियोगितालाई मात्र समावेश गरिएको थियो । मन्त्रालयले यसपटक भने विभिन्न दक्षिण एसियाली, एसियाली र ओलम्पिकमा पदक प्राप्त गर्नेलाई समेट्दै कार्यविधिमा पुरस्कार निर्धारण गरेको छ । खेलकुद ऐनको नियमावलीमै समावेश गरेर पुरस्कारको व्यवस्था गरिएको छ ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]