default_image

2 years ago

September 21, 2022

रुस युरोकप छनोटमा पनि प्रतिबन्ध

127 views

0 Bookmark

एजेन्सी – युरोपियन फुटबलको सर्वोच्च निकाय (युइएफए) ले सन् २०२४ मा हुने युरोकपको छनोटमा रुसलाई प्रतिबन्ध लगाएको छ ।

गत फेब्रुअरीमा युक्रेनमाथि आक्रमण गरेपछि विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) र युइएफएले रुसलाई प्रतिबन्ध लगाएको थियो । त्यसपछि रुस र रुसी क्लब फिफा र युइएफएको प्रतिबन्धमा रहेको छ ।

रुसले प्रतिबन्धविरुद्ध खेलकुदको न्यायिक निकाय आर्बिट्रेसन फर स्पोर्ट्स (कास) मा अपील गरेको थियो । तर, अपील जुलाईमा खारेज भएको थियो । जर्मनीमा सन् २०२४ मा आयोजना हुने युरो २०२४ का लागि ‘ड्र’ अक्टोबर ९ मा फ्रान्कफर्टमा हुदैछ ।

यससँगै रुसले सन् २०२२ देखि २०२४ सम्म हुने युरोकपको छनोट चरणमा सहभागी हुन पाउने छैनन् । अन्तर्राष्ट्रिय मैत्रीपूर्णखेलसँगै क्लबले कुनै आधिकारिक खेल खेल्न पाउने छैन ।

‘रुसलाई युरोपियन फुटबल च्याम्पियनशिप २०२२–२४ को छनोट ‘ड्र’ मा समावेश नगरिएको युइएफएले विज्ञप्तिमा भनेको छ । रुसलाई कतारमा आयोजना फिफा विश्वकपमा समेत प्रतिबन्ध गरिएको छ ।

July 26, 2024

अन्जनको ह्याट्रिकमा चर्च ब्वाइज विजयी

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी च्यालेन्ज लिग प्लेअफको तयारी गरिरहेको अपि पावर चर्च ब्वाइज युनाइटेडले मैत्रीपूर्ण खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गरेको छ । अर्को साताबाट भारतमा सुरु हुने डुरान्ड कपको तयारी गरिरहेको आर्मीको भद्रकाली स्थित मुख्यालयको फुटबल मैदानमा खेलिएको खेलमा पाहुना टोली ३-२ ले विजयी रह्यो । चर्च ब्वाइजका लागि फरवार्ड अन्जनले दुई […]

July 26, 2024

चितवन जिल्ला लिगमा  सौराहा र पानसको जित

सुशिल पन्त क्षेत्री,चितवन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा शुक्रबार सौराहा युवा समाज र पानस युवा क्लब विजयी भएका छन् । शारदानगरको मैदानमा पहिलो खेलमा सौराहाले गीतानगर ब्वाइजलाई ३-१ ले हरायो । खेलमा सौराहालाई जिताउन सुशील घलानले ३५ औं र ५२ औं मिनेटमा गोल गरे । यस्तै लक्की गायकले २७ औं मिनेटमा गोल […]

July 26, 2024

सातदोबाटो र पुलिसको जित

काठमाडौं (हाम्रो खेलकुद) – ललित स्मृति यु-१८ लिग अन्तर्गत शुक्रवार भएका खेलमा सातदोबाटो युथ क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटमा भएको दिनको पहिलो खेलमा सातदोबाटोले मनाङ मर्स्याङ्दी क्लब माथि २-० को जित दर्ता गरेको हो । सातदोबाटोका लागि सोनाम छिरिङ गुरुङ र प्रज्वल कार्कीले समान १-१ गोल गरे । […]

Success

Thank you for your time.