default_image

2 years ago

September 21, 2022

साफ समिक्षा : भारतको वर्चस्व तोड्दै बंगलादेशको उदय

काठमाडौं (हाम्रो खेलकुद) – छैंटौं संस्करणको महिला साफ सोमबार बंगलादेशलाई नयाँ च्याम्पियन बनाएर सकिएको छ । दक्षिण एसियाका सातवटै राष्ट्रको सहभागिता रहेको प्रतियोगिता भदौ २१ गतेबाट काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरु भएको थियो । असोज ३ मा सकिएको महिला साफमा नयाँ च्याम्पियनसँगै अन्य कीर्तिमान पनि रचिए । झन्डै १६ हजार समर्थकबीच घरेलु टोली नेपाललाई ३–१ […]

83 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – छैंटौं संस्करणको महिला साफ सोमबार बंगलादेशलाई नयाँ च्याम्पियन बनाएर सकिएको छ । दक्षिण एसियाका सातवटै राष्ट्रको सहभागिता रहेको प्रतियोगिता भदौ २१ गतेबाट काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरु भएको थियो । असोज ३ मा सकिएको महिला साफमा नयाँ च्याम्पियनसँगै अन्य कीर्तिमान पनि रचिए ।

झन्डै १६ हजार समर्थकबीच घरेलु टोली नेपाललाई ३–१ ले स्तब्ध पार्दै बंगलादेश नयाँ च्याम्पियनको रुपमा उदय भएको छ । पुनः एक पटक उपविजेताकै छवि बनाउँदा नेपाल साफको इतिहासमै पहिलोपटक बंगलादेशसँग पराजित हुँदै उपाधिविहीन बन्न पुग्यो । यसअघि नेपालको उपाधि यात्रामा भारतमात्रै तगारो बन्दा यसपटक बंगलादेश थपिएको छ । नेपाल यसअघिको पाँचमध्ये चार संस्करणको फाइनलमा तथा एक संस्करणमा सेमिफाइनलमा भारतसँगै पराजित भएको थियो । साफमा भारतसँग मात्रै पराजित भएको नेपाल यसपटक घरेलु भुमिमै बंगलादेशसँग पराजित भयो ।

प्रतियोगिताका कुल १२ खेलमा ५९ गोल सम्भव भए । प्रतियोगितामा सर्वाधिक गोल गर्ने टोली च्याम्पियन बंगलादेश नै बन्यो । उसले २३ गोल १ गोलमात्रै बेहोर्यो । त्यो एक गोल फाइनलमा नेपालले गर्यो । साफमा श्रीलंका र माल्दिभ्स गोल र अंकविहीन बने । माल्दिभ्सले सबैभन्दा धेरै १९ गोल बेहोर्यो ।

साफको इतिहासमा यसअघिको पाँच संस्करणसम्म अपराजित रहेर च्याम्पियन बनेको भारत यस संस्करणमा दुई पटक पराजित हुँदै आफ्नो दवदवालाई कायम राख्न सकेन । समूह चरणमा बंगलादेशसँग ३–० ले पराजित भारत सेमिफाइनलमा नेपालसँग १–० ले पराजित भयो । यस्तै पाँचौ संस्करणसम्म जितविहीन भुटानले पहिलो जित दर्ता गर्दै ऐतिहासिक सेमिफाइनलसम्मको यात्रा तय गर्यो ।

यही साफमार्फत पाकिस्तानले ८ वर्षपछि अन्तर्राष्ट्रिय फुटबलमा पुनरागमन गरेको छ । यही साफ च्याम्पियनसिपबाट नेपाली टोलीका सदस्यत्रय पुनम जर्घा मगर, दीपा राई र इन्दिरा राईले अन्तर्राष्ट्रिय खेलबाट सन्यासको घोषणा गरेका छन् । यही साफबाट नै नेपाली टोलीमा मुख्य प्रशिक्षक कुमार थापाले पनि आफ्नो पद त्याग्ने घोषणा गरेका छन् ।

समग्रमा छैंटौं साफमा के के भए त ?

पाकिस्तानको पुनरागमन

पाकिस्तानले यही साफबाट आठ वर्षपछि अन्तर्राष्ट्रिय फुटबलमा पुनरागमन गरेको छ । फिफाको प्रतिबन्धका कारण पाकिस्तान पछिल्लो समय अन्तर्राष्ट्रिय फुटबलबाट प्रतिबन्ध थियो । ७ सेप्टेम्बरमा भारतविरुद्ध खेल्दै अन्तर्राष्ट्रिय फुटबलमा पुनरागमन गरेको पाकिस्तानले उक्त खेलमा ३–० को पराजय बेहोरेको थियो ।

साफको समूह ‘ए’ मा रहेको पाकिस्तान तीन खेलमा २ हार र एक जितको नतिजा निकाल्दै तीन अंकका साथ समूह चरणबाटै बाहिरिएपनि टोलीले सुखद् सन्देश छाडेको छ । बंगलादेशसँग ६–० ले पराजित पाकिस्तानले माल्दिभ्सलाई ७–० ले हराएर आँफुलाई फुटबलमा बलियो रहेको संकेत देखाइसकेको छ ।

भुटानको ऐतिहासिक जित र सेमिफाइनल

पछिल्ला वर्षमा ग्रासरुटमा विशेष ध्यान दिइरहेको भुटानले एकेडमीमा लगानी बढाइरहेको छ । त्यसको परिणाम भुटानी टोलीले आफ्नो प्रदर्शनमा सुधार गरेको देखाएको छ । यसपटक साफ खेल्न नेपाल आएको भुटानी महिला सिनियर टोलीमा पनि युवा खेलाडीको वर्चस्व रहेको थियो ।

एसियाडमा कांस्यमात्रै होइन नभई विश्वकप र एसियन कप खेलेकी कोरियाली क्युङ सुक होङको प्रशिक्षणमा रहेको भुटानले यी युवा उच्च प्रदर्शनमा साफ इतिहासमै पहिलो जित हात पार्दै ऐतिहासिक सेमिफाइनल यात्रा तय गर्यो । समूह ‘बी’ मा पहिलो घरेलु टोली नेपालसँग ४–० ले पराजित भएको भुटानले आफ्नो दोस्रो खेलमा श्रीलंकालाई ५–० ले हराएर पहिलोपटक साफ च्याम्पियनसिपको सेमिफाइनल स्थान बनाएको थियो । तर, भुटान सेमिफाइनलमा बलियो बंगलादेशसँग ८–० ले पराजित भयो ।

भारतको दवदवा अन्त्य

अपराजित रहँदै अघिल्ला पाँचै संस्करणको उपाधि जितेको भारत यसपटक एकै संस्करणमा दुई हार बेहोर्दै सेमिफाइनबाटै बाहिरियो । यसपटक भारतलाई हराउने सुचीमा नेपाल र बंगलादेश रहे । समूह चरणमा बंगलादेशले ३–० ले हराउँदै साफमा भारतको २५ खेलको अपराजित यात्रालाई पूर्णविराम लगाइदियो । बंगलादेशसँगको हारको बावजुद समूह उपविजेता बनेर सेमिफाइनलमा पुगेको भारतको चुनौती १–० ले पन्छाउँदै भारत युगको अन्त्य गरिदियो ।

भारत यसअघि सन् २०१६ मा समूह चरणमा बंगलादेशसँग बराबरीमा रोकिएपनि फाइनलमा भारत विजयी भएको थियो । नेपालले भारतसँग चार पटक फाइनल र एक पटक सेमिफाइनलमा भारतसँग पराजित भएको थियो । यी दुई हारसँगै महिला साफ च्याम्पियनसिपमा भारतको १२ वर्षे एक छत्र राजको अन्त्य भएको छ ।

चार ह्याट्रिक

यो संस्करणको साफको कुल १२ खेलमा ५९ गोल निस्कदा चार ह्याट्रिक भए । यसमा एक गोल आत्मघाती पनि समावेश छ । बंगलादेशकी कप्तान सबिना खातुनले दुई तथा भारतकी अञ्जु तामाङ र पाकिस्तानकी नादिया खानले ह्याट्रिक पूरा गरिन् । सविनाले समूह चरणमा पाकिस्तानविरुद्ध र सेमिफाइनलमा भुटाविरुद्ध ह्याट्रिक पुरा गरिन् । उनले प्रतियोगिताभर कुल ८ गोल गरिन् ।

भारतकी अन्जु तामाङले माल्दिभ्सविरुद्ध ह्याट्रिकसहित चार गोल गरिन् । पाकिस्तानकी नादिया खानले पनि माल्दिभ्सविरुद्ध नै ह्याट्रिकसहित चार गोल गरिन् । कुल २९ खेलाडीले यस साफमा गोल गर्न सफल भए ।

बंगलादेशको उदय र ‘क्लिन स्विप’

महिला साफ च्याम्पियनसिपको १२ वर्षे इतिहासमा बंगलादेश नयाँ च्याम्पियनको रुपमा उदय भएको छ । यसअघि पाँचै संस्करणमा भारत च्याम्पियन बनेको थियो । सोमबार झन्डै १६ हजार समर्थकबीच घरेलु टोली नेपाललाई ३–१ ले स्तब्ध पार्दै बंगलादेश महिला साफमा नयाँ च्याम्पियनको रुपमा उदय भएको हो । यही साफमा बंगलादेश अपराजित रहेर च्याम्पियन बन्यो संयोग के भने बंगलादेशले यही साफमा बलियो मानिएको भारत र नेपालको चुनौती सहजै पन्छायो ।

बंगलादेशले हरेक खेलमा ३ गोल गर्न सफल भयो । विगतको तुलनामा बंगलादेशले यसपटक निकै उत्कृष्ट र टिम गेमको नमुना पेश गरेको बंगलादेशले समूह चरणमा माल्दिभ्सलाई ३–०, पाकिस्तानलाई ६–० ले र भारतलाई ३–० ले हराउन सफल भयो । सेमिफाइनलमा भुटानमाथि ८–० को फराकिलो जित निकालेको बंगलादेशले फाइनलमा नेपाललाई ३–१ ले पराजित गर्यो ।

यस साफको व्यक्तिगत अवार्डमा पनि बंगलादेशले ‘क्लिन स्विप’ गर्यो । बंगलादेशकी कप्तान सविना खातुनले सर्वोत्कृष्ट खेलाडीसँगै सर्वाधिक गोलकर्ताको अवार्ड हात पारिन् । सबिनाले प्रतियोगिताभर दुई ह्याट्रिकसहित कुल ८ गोल गरेकी थिइन् । बंगलादेशकी रुप्ना चक्मा उत्कृष्ट गोलरक्षक चुनिइन् । उनले प्रतियोगिताभर कुल ५ खेलमा चार खेलमा क्लिन सिट राख्दा एक खेलमा एक गोल बेहोरिन् । फाइनलमा नेपालकी अनिता बस्नेत रुप्नाविरुद्ध गोल गर्न सफल भइन् । तर, नेपाललाई उपाधि जिताउन सकिनन् ।

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

March 27, 2024

बेलिङहमको गोलमा इंग्ल्यान्ड हारबाट जोगियो

एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडका मिडफिल्डर जुड बेलिङहमले अन्तिम समयमा गोल गरेपछि अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा इंग्ल्यान्ड हारबाट जोगिएको छ । घरेलु मैदानमा इंग्ल्यान्डले बेल्जियमसँग २–२ गोलको बराबरी खेलेको हो । एक गोल इभान टोनीले गरे । बेल्जियमका लागि दुवै गोल युरी टिलेमान्सले गरेपनि जितको लागि पर्याप्त भएन । वेम्वली स्टेडियम लन्डनमा मंगलबार राति भएको […]

Success

Thank you for your time.