3 years ago
September 21, 2022
एजेन्सी – साफ महिला च्याम्पियनसिपमा उत्कृष्ट गोलरक्षक घोषित बंगलादेशकी रुपना चक्माको घर सरकारले बनाइदिने भएको छ । बंगलादेशको नानिआर्चर उपजीलाकी बासिन्दा रुपनाको कमजोर स्थितिलाई मध्यनजर गर्दै सरकारले उनलाई घर बनाइदिने भएको हो ।

रुपनाले मंगलबार आफ्नो फेसबुकमा पोस्ट गर्दै सरकारी प्रतिनिधिलाई धन्यवाद दिएकी छिन् । बंगलादेशले सोमबार साफ च्याम्पियनसिपको उपाधि जितेपछि रंगमती जिल्लाका कमिस्नर मोहमद मिजानुर रहमान उपहार र नगद पुरस्कार दिन नानिआर्चर पुगेका थिए । एकै ठाउँका रुपना र ऋतु पुरना चक्मालाई जनही १ लाख ५० हजार टाँका नगद पुरस्कारसहित सरकारी टोली निवास पुगेको थियो ।
तर त्यहाँ पुगेपछि गाउँमा रहेको रुपनाको घरको कमजोर स्थिति देखेपछि सरकारले घर बनाउने रहमानले बताए । उनले स्थानीय अधिकारीलाई घरको अवस्था अध्ययन गरेर त्यहाँसम्म पुग्ने बाटो र पुल पनि निर्माण गर्न निर्देशन दिएको बंगलादेशी संचारमाध्यमले जनाएका छन् ।

बंगलादेशको टोली बुधबार दिउँसो बंगलादेश पुगेको छ । विजयी टोलीलाई ढाकामा भव्य स्वागत तथा सहर परिक्रमा गराउने क्रम जारी छ । विजयी टोलीलाई बंगलादेश क्रिकेट बोर्डले नगद पुरस्कार दिने चर्चा छ । केन्द्रीय सरकारले हालसम्म नगद पुरस्कार घोषणा गरिसकेको छैन ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]