default_image

3 years ago

September 23, 2022

पोल्यान्डलाई हराएर नेदरल्यान्ड्स अपराजित

360 views

0 Bookmark

एजेन्सी – युइएफए नेसन्स लिगमा नेदरल्यान्ड्सले पोल्यान्डमाथि जित निकालेको छ । नेदरल्यान्ड्सले पोल्यान्डमाथि उसकै मैदानमा २–० को सहज जित निकालेको हो ।

नेदरल्यान्ड्सको जितमा कोडे गाक्पो र स्टेभन वर्गवाइनले गोल गरे । पहिलो र दोस्रो हाफमा समान एक गोल भएको थियो ।वार्सजावामा बिहीबार राति भएको खेलको १३औं मिनेटमा कोडे गाक्पोको गोलबाट नेदरल्यान्ड्सले सुरुवाती अग्रता लिन सफल भयो ।

उनले डेन्जेल डमफ्रेजको पासलाई सदुपयोग गरेका थिए । ६०औं मिनेटमा स्टेभन वर्ग वाइनले भिन्सेन्ट जान्सेनको पासमा गोल गर्दै नेदरल्यान्ड्सको अग्रता दोब्बर पारे । त्यसपछि थप गोल निस्कन नसक्दा नेदरल्यान्ड्स विजयी हुन सफल भयो ।

यस जितसँगै अपराजित नेदरल्यान्ड्स लिग ए ग्रुप ४ मा ५ खेलबाट १३ अंक जोडेर शीर्षस्थानमा रहेको छ । पराजित पोल्यान्ड ४ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

यही समूहको अर्काे खेलमा बेल्जियमले वेल्सलाई २–१ ले पराजित गरेको छ । बेल्जियमको जितमा केभिन डि ब्रुएना र मिचे बात्सुयाईले गोल गरे । वेल्सका किफर मुरले एक गोल फर्काए ।

यस जितसँगै बेल्जियम ५ खेलबाट १० अंक जोडेर दोस्रो स्थानमा रहेको छ । पराजित वेल्स १ अंक जोडेर पुछारमा छ ।

अन्य नतिजा
क्रोएसियाविरुद्ध डेनमार्क (–१) र फ्रान्सविरुद्ध अष्ट्रिया (–०), लिथुआनियाविरुद्ध फारोइ आइल्यान्ड (१–१), टर्कीविरुद्ध लक्जेमवर्ग (३–३), स्लोभाकियाविरुद्ध अजरवैजान (१–), लिचेस्टाइनविरुद्ध एन्डोरा (०–), काजकस्तानविरुद्ध बेलारुस (–१) र लात्भियाविरुद्ध मोल्दोभा (१–)

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.