default_image

3 years ago

September 25, 2022

पोर्चुगलको सानदार जित

314 views

0 Bookmark

एजेन्सी – युइएफए नेसन्स लिगमा सानदार जित निकाल्दै पोर्चुगल शीर्षस्थानमा उक्लिएको छ । पोर्चुगलले घरेलु टोली चेक रिपब्लिकलाई ४–० ले पराजित गर्दै शीर्षस्थानमा उक्लन सफल भएको हो ।

अर्काे खेलमा स्पेनले स्वीट्जरल्यान्डसँग हार बेहोरेपछि पोर्चुगललाई शीर्षस्थानमा पुग्न सहज बन्यो । पोर्चुगलको सानदार जितमा डिएगो डालोटले दुई तथा ब्रुनो फर्नान्डेस र डिएगो जोटाले एक गोल गरे ।

सिम्वो रंगाला प्राहामा शनिबार राति भएको खेलको ३३औं मिनेटमा डिएगो डालोटको गोलबाट पोर्चुगलले सुरुवाती अग्रता लिन सफल भयो । उनले राफायल लियोको पासमा गोल गर्न सफल भए ।

पहिलो हाफको थप गरिएको इन्ज्युरी समयको दोस्रो मिनेटमा ब्रुनो फनाएन्डेसले मारियो रुइको पासमा गोल गर्दै पोर्चुगलको अग्रता दोब्बर पारे । इन्ज्युरी समयको थप गरिएको छैटौं मिनेटमा चेक रिपब्लिकले पेनाल्टीको अवसर पाएपनि प्याट्रिक सिक चुक्दा अन्तर कम गर्नबाट चुक्यो ।

५२औ मिनेटमा डिएगो डालोटले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरेपछि पोर्चुगल सहज जिततर्फ अग्रसर बन्यो । उनले ब्रुनोको पासमा गोल गर्न सफल भएका थिए । त्यसपछि परिवर्तित खेलाडी डिएगो जोटाले कप्तान क्रिष्टियानो रोनाल्डोको पासमा गोल गर्दै पोर्चुगललाई सानदार जित दिलाए ।

यस जितसँगै पोर्चुगल लिग ए ग्रुप दुई बाट ५ खेलबाट १० अंक जोडेर शीर्षस्थानमा उक्लिएको छ । पराजित चेक ४ अंक जोडेर पुछारमा रहेको छ । स्पेनको ८ तथा स्वीट्जरल्यान्डको ६ अंक छ । यही समूहको अर्काे खेलमा स्वीट्जरल्यान्डले स्पेनलाई २–१ ले पराजित गरेको छ ।

पोर्चुगलको जित र स्पेनको हारसँगै यस समूह लिग ए ग्रुप दुई बाट प्ले अफ र रेलिगेसनको दौड रोमाञ्चक बनेको छ । अब समूह चरणको अन्तिम खेलमा पोर्चुगल र स्पेन तथा स्वीट्जरल्यान्ड र चेक रिपब्लिकबीच प्रतिस्पर्धा हुँदैछ । पोर्चुगल र स्पेनमा विजयी हुने टोली प्ले अफमा पुग्नेछ । अर्काे खेलमा पराजित हुने टोली रेलिगेसनमा पर्नेछ ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.