default_image

2 years ago

September 27, 2022

अन्जन राष्ट्रिय टोलीबाट ह्याट्रिक गर्ने छैटौं खेलाडी

काठमाडौं (हाम्रो खेलकुद) – फरवार्ड अन्जन विष्ट राष्ट्रिय फुटबल टोलीबाट ह्याट्रिक पूरा गर्ने छैटौं खेलाडी बनेका छन् । बंगलादेशसँगको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलको पहिलो हाफमै ह्याट्रिक पूरा गर्दै अन्जन राष्ट्रिय टोलीबाट ह्याट्रिक पूरा गर्ने छैटौं खेलाडी बनेका हुन् । अन्जनले खेलको १८औं, २७औं र ३८औं मिनेटमा ह्याट्रिक पूरा गरे । उनको यो राष्ट्रिय टोलीबाट पहिलो ह्याट्रिक […]

63 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – फरवार्ड अन्जन विष्ट राष्ट्रिय फुटबल टोलीबाट ह्याट्रिक पूरा गर्ने छैटौं खेलाडी बनेका छन् । बंगलादेशसँगको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलको पहिलो हाफमै ह्याट्रिक पूरा गर्दै अन्जन राष्ट्रिय टोलीबाट ह्याट्रिक पूरा गर्ने छैटौं खेलाडी बनेका हुन् ।

अन्जनले खेलको १८औं, २७औं र ३८औं मिनेटमा ह्याट्रिक पूरा गरे । उनको यो राष्ट्रिय टोलीबाट पहिलो ह्याट्रिक हो । यससँगै उनले राष्ट्रिय टोलीबाट ४९ क्याप जित्दा १० गोल पूरा गरेका छन् ।

बंगलादेशविरुद्ध ह्याट्रिक पूरा गरेपछि अन्जन राष्ट्रिय टोलीबाट सर्वाधिक गोल गर्ने खेलाडी सुचीमा संयुक्त रुपमा तेस्रो स्थानमा रहेका छन् । अनिल गुरुङ र भरत खवाससले पनि समान १० गोल गरेका छन् ।

राष्ट्रिय टोलीबाट सर्वाधिक गोलकर्ताको कीर्तिमान निराजन रायमाझी र हरि खड्काको नाममा रहेको छ । उनीहरुले संयुक्त रुपमा १३ गोल गरेका छन् । यसअघि गणेश थापा, नरेश जोशी, निराजन रायमाझी, भरत खवास र नवयुग श्रेष्ठले ह्याट्रिक गरेका थिए ।

नेपालबाट पछिल्लोपटक नवयुग श्रेष्ठले सन् २०१६ मा बंगलादेशमा भएको बंगबन्धु गोल्डकपमा माल्दिभ्सलाई ४–१ ले पराजित गर्दा नवयुगले ह्याट्रिक पूरा गरेका थिए ।

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.