default_image

3 years ago

September 28, 2022

कार्यवहाक प्रशिक्षक हुमागाईंलाई कारबाहीको माग

204 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली खेलकुद पत्रकारको छाता संगठन नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले नेपाली राष्ट्रिय फुटबल टोलीका कार्यवाहक मुख्य प्रशिक्षक प्रदिप हुमागाईंलाई कारबाहीको माग गर्दै अखिल नेपाल फुटबल संघ (एन्फा) लाई ध्यानाकर्षण पत्र बुझाएको छ ।

मञ्चका सचिव अन्जन खड्काले बुधबार एन्फाका अध्यक्ष पंकज विक्रम नेम्वाङलाई प्रशिक्षक हुमागाईंलाई कारबाहीको माग गर्दै ध्यानाकर्षण पत्र बुझाएका हुन् ।

मंगलबार बंगलादेशसँगको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलपछि पोस्ट म्याच कन्फरेन्सले हुमागाईंले खेलकुद पत्रकारप्रति आपत्तिजनक रुपमा प्रस्तुत हुँदै पदीय मर्यादाविपरीत कार्य गर्दै पत्रकारलाई आर्थिक सहयोगको प्रस्ताव समेत गरेका थिए ।

‘नेपाल र बंगलादेशबीच २०७९ असोज ११ गते दशरथ रंगशालामा भएको मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेलपछि आयोजित ‘पोस्ट म्याच कन्फ्रेन्स’ मा भएको घट्नाप्रति नेपाल खेलकुद पत्रकार मञ्चको गम्भीर ध्यानाकर्षण भएको छ । उक्त पोस्ट म्याचमा नेपाली राष्ट्रिय टिमका कार्यबाहक प्रशिक्षक प्रदीप हुमागाईंको प्रस्तुति अत्यन्तै गैर व्यावसायिक, गैरजिम्मेवार र नितान्त निम्न सोचको रहेको छ ।

त्यस क्रममा प्रशिक्षक हुमागाईं नेपाली खेलकुद पत्रकारप्रति आपत्तिजनक रूपमा प्रस्तुत हुनु पदीय मर्यादाविपरीत रहेको मञ्चको ठम्याइ छ । मञ्च परिवार प्रशिक्षक हुमागाईंको उक्त व्यवहारप्रति घोर भर्त्सना गर्दछ,’ ध्यानाकर्षण पत्रमा भनिएको छ, ‘प्रशिक्षक हुमागाईंले मञ्चलाई आर्थिक सहयोग प्रदान गरेको दाबी गरेका छन् । तर मञ्च हुमागाईंबाट त्यस्ता कुनै पनि सहयोग नलिएको प्रस्ट पार्न चाहन्छ । हुमागाईंले मञ्चलाई ५० हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गर्ने बताएका थिए । मञ्चले यस प्रकारको व्यक्तिगत सहयोग यसअघि कहिले पनि स्वीकार गरेको छैन र भविष्यमा पनि गर्ने छैन ।’

’प्रशिक्षक हुमागाईंले नेपाली खेल पत्रकारमाथि निराधार आरोप लगाउँदै गलत धारणा पनि प्रस्तुत गरेका थिए । मञ्च उनको निन्दनीय प्रस्तुति र दाबीमा एन्फाको ध्यानाकर्षण गर्न चाहन्छौं ।

मञ्चका लागि यस प्रकारको व्यवहार पूर्णतः अस्विकार्य रहेको जनाउँदै हुमागाईंलाई आवश्यक कारवाही गर्न माग पनि गर्दछौं । भविष्यमा मञ्चप्रति यस्ता कुनै प्रकारको व्यवहार नगर्न चेतावनी पनि दिन्छौं,’ ध्यानाकर्षण पत्रमा भनिएको छ ।

ध्यानाकर्षण पत्र बुझ्दै एन्फका अध्यक्ष नेम्वाङले यस विषयमा एन्फाको पनि ध्यानाकर्षण भएको र यसलाई भर्खरै बनेको अनुशासन कमिटि र कार्यसमितिको निर्णयबाट उचित सम्वोधन गरिने बताएको छ ।

बंगलादेशविरुद्धको खेलमा नेपालले ३–१ को जित निकाल्दा अन्जन विष्टले राष्ट्रिय टोलीबाट आफ्नो पहिलो ह्याट्रिक पुरा गरेका थिए ।

April 20, 2025

आर्सनलको सानदार जित

एजेन्सी – लियान्द्रो ट्रोसर्डको २ गोलले आर्सनलले १० खेलाडीमा सिमित इप्सविच टाउनलाई ४–० ले हराएको छ । बेल्जियन फरवार्ड ट्रोसर्डले १४ औं मिनेटमा गोल गरेर अग्रता दिलाए । त्यसपछि गेब्रियल मार्टिनेलीले ३० मिनेटमा दोस्रो गोल थपे। ३२ औं मिनेटमा लाइफ डेभिसले बुकायो साकामाथि ट्याकल गरेपछि रातो कार्ड पाए र इप्स्विच १० खेलाडीमा सिमित भयो। ६९ […]

April 20, 2025

पोखरा एनएसएलको दोस्रो क्वालिफायरमा

काठमाडौं (हाम्रो खेलकुद)- पोखरा थन्डर्स तेस्रो नेपाल सुपर लिग (एनएसएल) को दोस्रो क्वालिफायरमा पुग्न सफल भएको छ। एफसी चितवनलाई निरिह तुल्याउँदै ३-० को हार चखाउन पोखरा सफल रहयो। पोखराले चितवनसँग लिग चरणमा भोगेको हारको बदला समेत लिएको छ। पोखराको जितमा जो आइडोले दुई गोल गरे। पहिलो हाफ गोल रहित बराबरीमा सकियो। दोस्रो हाफमा १३ मिनेटभित्र […]

April 20, 2025

ब्वाइज युनियन पाँचौ स्थानमा उक्लियो

काठमाडौं (हाम्रो खेलकुद)- सहिद स्मारक बी डिभिजन लिगमा उत्कृष्ट कमब्याक गर्दै ब्वाइज युनियन क्लबले सरस्वती युथ क्लबलाई २-१ गोल अन्तरले हराएको छ। ब्वाइज युनियनको यो दोस्रो जित हो। एन्फा कम्प्लेक्समा आज दिनको दोस्रो खेलमा सरस्वतीले २६ औं मिनेटमा अग्रता बनायो। विशेष लामाले गोल गरे। सरस्वती १-० ले अगाडि बढ्यो। खेलको ३५ औं मिनेटमा ब्वाइज युनियनका […]

Success

Thank you for your time.