default_image

10 years ago

September 17, 2015

आर्मी प्रहरी बिरुद्ध ३-० ले बिजय

209 views

0 Bookmark

काठमाडौं, भाद्र ३१ ।

आज सतदोबाटो स्तिथ एन्फा कम्प्लेक्समा भएको पुलिस र आर्मी बिरुद्धको राष्ट्रिय लिगको खेलमा नेपाल आर्मी ३-० ले बिजयी भएको छ । बिजयी टोलिका लागि तीनै गोल नवयुग श्रेष्ठले गरेका थिए । 

nawayug shrestha

लिगको मह्त्वपुर्ण विभागिय डर्वि भिडन्तमा आर्मीका नवयुग श्रेष्ठ चम्किएपछि नेपाल पुलिस क्लब ३–० ले स्तब्ध भएको छ । विहिबार भएको खेलमा आर्मीका लागि सबै ३ गोल नवयुग श्रेष्ठका नाममा रह्यो । जितपछि आर्मी ८ खेलबाट १४ अंकका साथ लिग अंक तालीकाको तेस्रो स्थानमा उक्लीयो । सुरुवातबाटनै आक्रामक खेल खेलेको आर्मीका लागि नवयुग श्रेष्ठले १५ औं मिनेटमा हिरन्य श्रेष्ठको क्रशलाई उत्कृष्ट हेड गर्दै सुरुवाती अग्रता दिलाए । त्यसअघिनै चौंथो मिनेटमानै टंक बस्नेतको राम्रो क्रशलाई श्रेष्ठले क्रशबार भन्दा केहि माथी बाट उडाएपछि पहिलो मौकाबाट आर्मी चुकेको थियो । यद्धपि पुलिस विरुद्ध पुरा समय खेल आफ्नो नियन्त्रणमा राखेको आर्मीले १५ मिनेट भित्र ३ वटा गोलको राम्रा मौकामा एक मौका सदुपयोग गरेको थियो । १० औं मिनेटमा भरत खवासले सुन्दर मौका सदुपयोग गर्न नसकेपनि आर्मीले सिनियर खेलाडि विना मैदान उत्रिएको पुलिस विरुद्ध आफ्नो दबदबा कायमै राख्यो ।

तुलनात्मक रुपमा पहिलो भन्दा दोस्रो हाफमा कम प्रेसरमा परेपनि पुलिसविरुद्ध आर्मी थप दुई गोल गर्न सफल रह्यो । नवयुग श्रेष्ठले आर्मीका लागि ६५ औं मिनेटमा ब्यक्तिगत तथा टिमका लागि दोस्रो गोल गरे । उनले भरत खवासकोपासलाई सदुपयोग गरेका थिए ।

निर्धारित समय २–० ले अग्रता हासिल गरेको आर्मीले तेस्रो गोल अक्तिरिक्त समयमा संभव बनायो । श्रेष्ठले अक्तिरिक्त समयमा काउन्टर याट्याकमा आफ्नो ह्याट्रिक पुरा गर्दै आर्मीलाई ३–० को जित दिलाए ।

खेलपछि आर्मीका प्रशिक्षक मेघराज केसीले पुलिसका खेलाडिको इन्जुरिको फाइदा उठाउन आर्मी सफल भएको बताए । उनले भने ‘आर्मी र पुलिस विचको खेल संधै प्रतिष्पर्धात्मक रहन्छ । तर बिहिबारको खेलमा हामिले केहि सहज महसुस गर्‍यौं ।’

पुलिसका प्रशिक्षक विराटकृष्ण श्रेष्ठले भने आर्मीले मौकाको फाइदा उठाएको बताए । उनले भने ‘हाम्रा खेलाडि इन्जर्ड हुंदाको परिणमा हो यो ।’

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.