default_image

1 year ago

September 30, 2022

रोहित आज इन्डोनेसिया फर्कदै

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय फुटबल टोलीका सदस्य रोहित चन्द व्यवासियक जिम्मेवारी निर्वाह गर्नका लागि शुक्रबार इन्डोनेसिया जाँदैछन् । रोहितका दाजु रविनका अनुसार राती १०ः०० बजे उनी त्यसतर्फ प्रस्थान गर्नेछन् । बंगलादेशविरुद्ध मंगलबार भएको मैत्रीपूर्ण खेलका लागि रोहित असोज ३ गते स्वदेश फर्केका थिए । उनी सम्मलित टोलीले दशरथ रंगशालामा भएको खेलमा बंगलादेशलाई ३–१ ले पराजित […]

119 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय फुटबल टोलीका सदस्य रोहित चन्द व्यवासियक जिम्मेवारी निर्वाह गर्नका लागि शुक्रबार इन्डोनेसिया जाँदैछन् । रोहितका दाजु रविनका अनुसार राती १०ः०० बजे उनी त्यसतर्फ प्रस्थान गर्नेछन् ।

बंगलादेशविरुद्ध मंगलबार भएको मैत्रीपूर्ण खेलका लागि रोहित असोज ३ गते स्वदेश फर्केका थिए । उनी सम्मलित टोलीले दशरथ रंगशालामा भएको खेलमा बंगलादेशलाई ३–१ ले पराजित गरेको थियो । रोहितले बंगलादेशविरुद्ध रक्षापक्तिमा पूरा समय खेलेका थिए ।

बंगलादेशविरुद्धको खेलमा कप्तानी गरेका गोलकिपर किरण चेम्जोङ पनि व्यवसायिक जिम्मेवारीका लागि बुधबार नै भारत गइसकेका छन् । किरण यो सिजन पनि राउन्ड ग्लास पन्जाब एफसीबाट आई लिग खेल्ने तयारीमा छन् ।

राष्ट्रिय टोलीलाई सफल नतिजासँगै फर्कन लागेका रोहितको व्यवसायिक क्लब पेर्सिक केडिरीले भने इण्डोनेसियाको शीर्ष लिग यो सिजन राम्रो प्रदर्शन गर्न सकेको छैन ।

लिगको आफ्नो ११ औं खेलको समाप्तीसम्म पुग्दा रोहितको टोलीले ७ खेलमा हार बेहोरेको छ भने ४ खेलमा बराबरी गरेको छ । ४ अंकसहित टोली अंकतालिकाको पुछारमा रहेको छ । यसअघि पर्सिजा जर्काताबाट इन्डोनेसिया लिग जितेका रोहित यसै सिजन पेर्सिक केडिरीमा आबद्ध भएका थिए ।

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.