3 years ago
October 3, 2022
एजेन्सी – इटालियन सिरी ‘ए’ मा युभेन्ट्सले सानदार जित निकालेको छ । युभेन्ट्सले घरेलु मैदानमा बोलोग्नालाई ३–० ले पराजित गरेको छ ।

युभेन्ट्सको जितमा फिलिप कोस्टिक, डुसान भ्लाहोभिच र एर्काडिअस मिलिकले गोल गरे । पहिलो हाफमा एक तथा दोस्रो हाफमा एक गोल भएको थियो ।
एलिएन्ज स्टेडियम टोरिनोमा आइतबार राति भएको खेलको २४औं मिनेटमा कोस्टिकको गोलबाट युभेन्ट्सले सुरुवाती अग्रता लिन सफल भयो । उनले डुसान भ्लाहोभिचको पासमा गोल गर्न सफल भएका थिए ।
५९औं मिनेटमा डुसान भ्लाहोभिचल गोल गर्दै युभेन्ट्सको अग्रता दोब्बर पारे । उनले वेस्टन म्याकिनीको पासमा गोल गर्न सफल भएका थिए । ६२औं मिनेटमा एर्काडिअस मिलिकले गोल गर्दै युभेन्ट्सलाई सहज जित दिलाए ।
यस जितसँगै युभेन्ट्स ८ खेलबाट १३ अंक जोडेर सातौं स्थानमा उक्लिएको छ । पराजित बोलोग्ना ६ अंक जोडेर १७औं स्थानमा रहेको छ ।
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]
December 17, 2025
एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]
December 17, 2025
एजेन्सी – बार्सिलोनाले ग्वाडालाजारालाई २-० ले पराजित गर्दै कोपा डेल रे को अन्तिम १६ मा स्थान बनाएको छ। खेलको सुरुवातमा बार्सिलोनाले गोल गर्ने अवसर पाए पनि पहिलो हाफमा गोल गर्न सकेन। ग्वाडालाजाराको रक्षापंक्तिले कडा प्रतिस्पर्धा प्रस्तुत गर्यो। दोस्रो हाफमा बार्सिलोना आक्रामक बन्यो। ७६औँ मिनेटमा आन्द्रेयास क्रिस्टेन्सनले हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए। ९०औँ मिनेटमा मार्कस […]