default_image

2 years ago

October 8, 2022

एमबाप्पे सर्वाधिक कमाउने फुटबल खेलाडी

एजेन्सी – फुटबल खेलाडीमा केलियन एमबाप्पे सर्वाधिक आम्दानी खेलाडी बनेका छन् । फोब्र्सको पछिल्लो सुचीमा फुटबल खेलाडीमध्ये सबैभन्दा बढी आम्दानी गर्नेमा फ्रान्सेली तथा पेरिस सेन्ट जर्मेन(पिएसजी) का युवा फरवार्ड एमबाप्पे रहेका छन् । पछिल्लो नौं वर्षमा लियोनल मेस्सी वा क्रिस्टियानो रोनाल्डोबाहेक बढी आम्दानी गर्ने एमबाप्पे पहिलो फुटबलर बनेका छन् ।फोब्र्सका अनुसार २३ वर्षे एमबाप्पेको यो […]

214 views

0 Bookmark

एजेन्सी – फुटबल खेलाडीमा केलियन एमबाप्पे सर्वाधिक आम्दानी खेलाडी बनेका छन् । फोब्र्सको पछिल्लो सुचीमा फुटबल खेलाडीमध्ये सबैभन्दा बढी आम्दानी गर्नेमा फ्रान्सेली तथा पेरिस सेन्ट जर्मेन(पिएसजी) का युवा फरवार्ड एमबाप्पे रहेका छन् ।

पछिल्लो नौं वर्षमा लियोनल मेस्सी वा क्रिस्टियानो रोनाल्डोबाहेक बढी आम्दानी गर्ने एमबाप्पे पहिलो फुटबलर बनेका छन् ।
फोब्र्सका अनुसार २३ वर्षे एमबाप्पेको यो वर्ष आम्दानी १ सय २८ मिलियन अमेरिकी डलर रहेको छ । एमबाप्पेका पिएसजी सहकर्मी मेस्सी दोस्रो स्थानमा रहेका छन् । उनको बार्षिक आम्दानी १ सय २० मिलियन रहेको छ ।

त्यस्तै म्यानचेस्टर युनाइटेडका रोनाल्डो तेस्रो स्थानमा छन् । उनको आम्दानी एक सय मिलियन अमेरिकी डलर रहेको छ ।पिएसजीका नेयमार र लिभरपुलका मोहम्मद सलाह शीर्ष ५ मा छन् । ब्राजिलियन फरवार्ड नेयमारको आम्दानी ८७ हजार मिलियन र सलाहको ५३ मिलियन डलर छ ।

रोनाल्डो र मेस्सी भन्दा अघि सन् २०१३ मा सर्वाधिक आम्दानी गर्ने फुटबल खेलाडीमा इग्ल्यान्ड फुटबल टोलीका पूर्व कप्तान डेभिड बेकह्याम रहेका थिए । एमबाप्पेले मेमा पिएसजीको आकर्षक तीन वर्षे नविकरण प्रस्तावमा सम्झौता गरेका थिए । त्यति बेला उनी रियल म्याड्रिड जाने चर्चा चलेको थियो । तर एमबाप्पेले अन्ततः पिएसजीमै रहने निर्णय गरे ।

फ्रान्सका लागि विश्व कप जितेका एमबाप्पेले पिएसजीका लागि ११ उपाधि जितिसकेका छन् । जसमा ४ वटा ला लिगा उपाधि छन् । उनी मोकाकोबाट सन् २०१७ मा लोनमा पिएसजी पुगेका थिए । बोरुसिया डर्टमण्डबाट यसै सिजन प्रिमियर लिग टोली म्यानचेस्टर सिटी पुगेयता १२ खेलमा १९ गोल गरिसकेका इर्लिङ हालान्ड बढी आम्दानी गर्ने खेलाडीको छैटौं स्थानमा छन् ।

बढी आम्दानी गर्ने शीर्ष १० मध्ये प्रिमियर लिगका ४ खेलाडी छन् । जसमा हालान्डसहित रोनाल्डो, सलाह र सिटीका केभिन डि ब्रुएने छन् । सर्वाधिक आम्दानी गर्ने शीर्ष १० फुटबलर मध्ये हालान्ड र एमबाप्प मात्र ३० वर्षभन्दा कम उमेरका हुन् ।

फोब्र्सका अनुसार यो सिजन सर्वाधिक आम्दानी गर्ने शीर्ष १० फुटबल खेलाडी

खेलाडी, क्लब/देश, आम्दानी डलरमा

केलियन एमबाप्पे, पिएसजी / फ्रान्स, १ सय २८ मिलियन
लियोनल मेस्सी, पिएसजी/अर्जेन्टिना, १ सय २० मिलियन
क्रिस्टियानो रोनाल्डो, म्यानचेस्टर युनाइटेड/ पोर्चुगल, १ सय मिलियन
नेयमार, पिएसजी/ब्राजिल, ८७ मिलियन
मोहम्मद सलाह, लिभरपुल/इजिप्ट, ५३ मिलियन
इर्लिङ हालान्ड, म्यानचेस्टर सिटी/नर्वे, ३९ मिलियन
रोर्बेट लेवान्डोवस्की, बार्सिलोना/पोल्यान्ड, ३५ मिलियन
इडन हाजार्ड, रियल म्याड्रिड/बेल्जियम, ३१ मिलियन
आन्द्रे इनियस्टा, भिसेल कोबे/स्पेन, ३० मिलियन
केभिन डि ब्रुएने, म्यानचेस्टर सिटी/बेल्जियम, २९ मिलियन

April 30, 2024

भिसा नभएका कारण राष्ट्रिय फुटबल टोली बेलायत उड्न पाएन!

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोली भिसा नभएका कारण बेलायत भ्रमणका लागि उड्न पाएको छैन । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार टोलीलाई भव्य समारोहबीच बिदा गरेपनि टोली भिसा नभएको कारण उड्न नपाएको हो । भिसा नआएका कारण मंगलबार विहान ९ बजे उड्ने भनिएको टोली निर्धारित उडान समयसम्म पनि होटेलमै रहेको छ […]

April 30, 2024

बार्सिलोनाको जितमा लेवान्डोस्कीको ह्याट्रिक

एजेन्सी –  बार्सिलोनाले स्पेनिस ला लिगामा सोमबार जित निकालेको छ। रोबर्ट लेवान्डोस्कीको ह्याट्रिकसँगै बार्सिलोनाले  भलेन्सियालाई ४-२ ले पराजित गरेको हो। बार्सिलोनाको लागि अर्को गोल फेर्मिन लोपेजले गरेका हुन् । त्यसैगरी भलेन्सियाका लागि हुगो डुरो र पेपेलुले गोल गरेका थिए। २२ औं मिनेटमा लोपेजको गोलबाट बार्सिलोना अघि लागेको हो। डुरोले २७ औं मिनेटमा बराबरी गोल गरे। […]

April 29, 2024

मनोहरा र खालीबारी विजयी

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिगमा सोमबार सम्पन्न खेलमा मनोहरा युनाइटेड युथ क्लब खालीबारी युथ क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको दिनको पहिलो खेलमा मनोहराले सानेपा क्लब माथि २-१ को जित निकाल्यो । मनोहराका लागि विवस मगर र लिला बहादुर थापा मगरले एक-एक गोल गरे । यस्तै निराजन जंग […]

Success

Thank you for your time.