3 years ago
October 9, 2022
काठमाडौं (हाम्रो खेलकुद) – भियतनाममा जारी एएफसी यू–१७ एसियन कप छनोट अन्तर्गत समूह चरणको अन्तिम खेलमा आज (आइतबार) नेपालले चाइनिज ताइपेईविरुद्ध खेल्दैछ ।

खेल फु थोस्थित भियत त्रि स्टेडियममा नेपाली समय अनुसार दिउँसो २ः४५ बजे सुरु हुनेछ । समूह ‘एफ’ मा ताइपेईविरुद्ध मैदान उत्रदा नेपाल पहिलो र सान्त्वना जितको खोजीमा रहँदा ताइपेई पनि पहिलो जितको लक्ष्यमा मैदान उत्रनेछ ।
दुवै टोली समूह चरणको एक खेल बाँकी छँदै अंकविहीन भएर प्रतियोगिताबाट बाहिरिसकेका छन् । त्यसकारण दुवै टोली अन्तिम खेलमा जित निकाल्दै प्रतियोगिताको सुखद् अन्त्य गर्न चहान्छ ।
नेपाल पहिलो खेलमा थाइल्याण्डसँग ३–० ले तथा दोस्रो खेलमा भियतनामसँग ५–० ले पराजित भएको थियो । नेपाल समूहमा पुछारमा तथा ताइपेई गोल अन्तरमा नेपालभन्दा माथि अर्थात तेस्रो स्थानमा रहेको छ । ताइपेई पनि भियतनामसँग ४–० र थाइल्यान्डसँग ३–१ ले पराजित भएको थियो ।
भियतनाम ६ अंक जोडेर शीर्ष स्थानमा रहँदा समान ६ अंक नै रहेपनि थाइल्याण्ड गोलअन्तरमा दोस्रोमा रहेको छ । आज नै समूह विजेताका लागि भियतनाम र थाइल्यान्डबीच प्रतिस्पर्धा हुनेछ ।
एसियाका ४४ राष्ट्रले १० अलग अलग समूहमा छनोट खेलिरहेका छन् । हरेक समूहको विजेता स्वत अन्तिम चरणमा प्रवेश गर्नेछ । सबै समूहका गरि उत्कृष्ट ६ उपविजेताले अन्तिम राउन्डमा प्रवेश पाउनेछन् ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]