3 years ago
October 10, 2022
एजेन्सी – यो सिजन उच्च प्रदर्शन गरिरहेको लन्डन क्लब आर्सनलले लिभरपुललाई पराजित गर्दै शीर्षस्थानमा उक्लिएको छ ।

आर्सनलले घरेलु मैदानमा लिभरपुललाई ३–२ ले पराजित गर्दै म्यानचेस्टर सिटीलाई पछि पार्दै शीर्षस्थानमा उक्लन सफल भएको हो ।
इमिरेट्स स्टेडियम लन्डनमा आइतबार राति भएको खेलमा घरेलु टोलीको जितमा बुकायो साकाले दुई तथा गाव्रियल मार्टिनेलीले एक गोल गरे । लिभरपुलका डार्विन नुनेज र रोबर्टाे फिर्मिनोले गोल गरेपनि हार टार्न सकेन ।
खेलको पहिलो मिनेटमा नै मार्टिन ओडेगार्डको पासमा गाव्रियल मार्टिनेलीले गोल गर्दै आर्सनलाई १–० को अग्रता दिलाए । ३४औं मिनेटमा डार्विन नुनेजले लुइस डियाजको पासमा गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।

पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको पाँचौं मिनेटमा बुकायो साकाले गोल गर्दै आर्सनलाई पहिलो हाफमा २–१ ले अघि बढाए । उनले मार्टिनेलीको पासमा गोल गर्न सफल भएका थिए ।
५३औं मिनेटमा परिवर्तित खेलाडी रोबर्टाे फिर्मिनोले गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए । चोट बोकेर खेल्न नसक्ने भएपछि ४२औं मिनेटमा लुइस डियाजको स्थानमा मैदान छिरेका फिर्मिनोले डिएगो जोटाको पासलाई सदुपयोग गरेका थिए ।
त्यसपछि ७६औं मिनेटमा बुकायो साकाले पेनाल्टीमा गोल गर्दै आर्सनलाई महत्वपूर्ण जितसहित ३ अंक दिलाए । गाब्रियल जेससलाई जोटाले फउल गरेपछि रेफ्रीले आर्सनललाई पेनाल्टी प्रदान गर्दा साका चुकेनन् । यो सिजन कमजोर प्रदर्शन गरिरहेको लिभरपुल त्यसपछि खेलमा फर्कन नसक्दा आर्सनल विजयी हुन सफल भयो ।
यस जितसँगै शीर्षस्थानमा उक्लिएको आर्सनलको ९ खेलबाट २४ अंक पुगेको छ । दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीको २३ अंक छ । पराजित लिभरपुल ८ खेलबाट १० अंक जोडेर १०औं स्थानमा रहेको छ ।
अन्य नतिजा
क्रिस्टल प्यालेसविरुद्ध लिड्स (२–१), वेस्ट ह्यामविरुद्ध फुलहम (३–१) र एभर्टनविरुद्ध म्यानचेस्टर युनाइटेड (१–२)
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]