9 years ago
December 23, 2016
पोखरा (हाम्रो खेलकुद)– बगर भाई खलक ‘ए’, लायन्स क्लव अफ मुनाल, सिएमजी काठमाडौं,फोर्टी फाउन्डेसन र नाइट किंग पोखरामा जारी भेट्रानको क्वार्टरफाइनलमा पुगेका छन् । पोखराको पुरानो टुडिखेलमा जारी प्रतियोगितामा शुक्रबार बगर भाइ खलक ए ले बुटवल सोसाइटीलाई ३–१ ले हरायो । बगरका लागि बिशाल गुरुङले २ र राजेन्द्र तामाङले एक गोल गरे । बुटवलको लागि शुकलाल तामाङले गोल गरे । बगरका बिशाल म्यान अफ दी म्याच घोषित भए ।

कोमलबहादुर जिसीको गोलमा लायन्स क्लव अफ मुनालले दिप युनाइटेडलाइ १–० ले हरायो । विजयी टोलीका धरम सिंह लामिछाने म्यान अफ दी म्याच घोषित भए । चेतबहादुर श्रेष्ठको ह्याट्रिकमा सिएमजी काठमाडौंले आदिवासी फुटवल क्लवलाई ५–१ ले हरायो । सिएमजीका अनिलराज भण्डारी र राजिव नेपाली समान १ गोल गरे । आदिवासीका हिरा बहादुर थापाले सान्तवना गोल गरे ।
फोर्टी फाउण्डेशनले बुटवल भेट्रानलाई ३–१ ले हरायो । विजयी टोलीका सुदीप केसीले २ र नविन पाण्डेले १ गोल गरे । बुटवलका शेरबहादुर भण्डारीले सान्त्वना गोल फर्काए । फोर्टी फाउन्डेसनका सुदिप म्यान अफ दी म्याच चुनिए । नाइट किंग क्लब सानो गौचरन विरगन्जलाई ४–० ले हरायो । विजयी टोलीका निमा लामा, आकाश गुरुङ, सरोज थापा र मनु गौतमले गोल गरे । निमा म्यान अफ दी म्याच बने ।
शनिबार हुने क्वार्टरफाइनलमा मोसिस काठमाडौं र फोर्टी फाउण्डेशन, सिएमजी काठमाडौं र बिरगन्ज युनाइटेड सिटी, बगर भाइखलक ए र सानो गौचरण तथा रोटरी क्लब अफ मकवानपुर हेटौडा र लायन्स क्लव अफ मुनाल पोखरा प्रतिस्पर्धा हुनेछ ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]