10 years ago
September 17, 2015
राष्ट्रिय लिगमा भोलि दिनको साँढे तिन बजे मनाङ मर्स्याङ्दि क्लब र थ्रि स्टार क्लब भिड्दैछन्|
सातदोबाटो स्थित एन्फा कम्पलेक्सको एष्ट्रो टर्फ मैदानमा हुने खेलमा दुवै टोली जितको आशा लिएर मैदानमा उत्रनेछन्| खेलअघि दुवै टोलीलाई आफ्नो पछिल्लो खेल गुमाएका महत्वपुर्ण खेलाडीहरुको सहयोग पनि मिल्नेछ|
थ्रि स्टारका पुर्व खेलाडी विराज महर्जन यसपटक मनाङबाट खेल्दैछन् भने मनाङका पुर्व कप्तान सागर थापा थ्रि स्टारको नेतृत्व गर्दै मैदानमा उत्रनेछन् |
थ्रि स्टारका लागि सन्तोष साहुखल एक खेलको निलम्बनपछि फर्कनेछन् भने मनाङका विगंर सुशील श्रेष्ठ र सेन्टर ब्याक चिको पनि दोश्रो पहेंलो कार्डका कारण पुलिस विरुद्ध खेल गुमाएपछि पुनरागमन गरदैछन्| थ्रि स्टारले पछिल्लो खेलमा सशत्र प्रहरी बललाई ४-१ले हराएको थियो भने मनाङ्ले नेपाल पुलिस क्लबसंग गोलरहित बराबरी खेलेको थियो|
हिजो भएको झापा र मोरङ विचको खेल गोलरहित बराबरीमा टुंगेपछि दुवै टोली जित हात पारेर पहिलो स्थान हासिल गर्न आतुर छन्|
लिग सुचारु भएसंगै दुई विदेशी फर्वार्ड भित्र्याएको थ्रि स्टारलाई कुनै इन्ज्युरी समस्या देखिन्न भने मनाङको टोलीमा नयाँ खेलाडीले घाइते खेलाडीको पदपुर्ति गर्ने विश्वास लिइएको छ|
मनाङले डिफेन्डर हेम गुरुङलाई घाइते भएका कारण गुमाएपछि आइभोरी कोष्टका मुसा फिनिगेलाई आवद्द गरिसकेको छ |
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]