3 years ago
October 15, 2022
पोखरा (हाम्रो खेलकुद) – नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला फुटबलतर्फ नेपाल एपिएफ फुटबल क्लबले कर्णाली प्रदेशलाई फराकिलो अन्तरले पराजित गरेको छ । पहिलो हाफमै १० गोल गरेको एपिएफले दोस्रो हाफमा ६ गोल गर्दै १६-० को जित दर्ता गरेको हो ।

एपिएफको जितमा सावित्रा भण्डारीले ५ गोल गरिन् । उनले १८ मिनेटमा नै ह्याट्रिक पूरा गरिन् । एपिएफको जितमा सरु लिम्बुले ह्याट्रिक पूरा गर्दा अनिता केसी र रविना गोलेले २-२ गोल गरे । गीता राना, मनमाया लिम्बु, सविता रानामगर र प्रिती राईले पनि १-१ गोल थपे ।
एपिएफले यसअघि पहिलो खेलमा प्रदेश-१ लाई ७-१ ले पराजित गरेको थियो । महिला फुटबलमा आज दोस्रो खेलमा गण्डकी र प्रदेश १ खेल्नेछन् । अन्तिम खेल बागमती र लुम्बिनीबीच हुनेछ ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]