3 years ago
October 15, 2022
पोखरा (हाम्रो खेलकुद) – नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा गण्डकी प्रदेश र विभागीय नेपाल एपिएफ क्लबले जित हासिल गरेको छ ।

पोखरा रंगशालास्थित फुटबल मैदानमा शनिबार भएको खेलमा प्रदेश १ लाई २–० ले हराउँदै गण्डकीले विजयी सुरुवात गरेको हो ।
समूह ए तर्फ भएको खेलमा गण्डकीले दुवै गोल पहिलो हाफमा गरेको थियो । गण्डकीको जितमा जय गुरुङ र कमल थापाले गोल गरे ।
निकै आक्रामक खेल पस्किएको गण्डकीले खेल सुरु भएको तेस्रो मिनेटमै गोल गरेको हो । जया गुरुङले उत्कृष्ट गोल गर्दै गण्डकीलाई अग्रता १–० को अग्रता दिलाए । २७ औं मिनेटमा कमलले गरेको शक्तिशाली प्रहारले सिधैं जाली चुम्यो ।
त्यसपछि दोस्रो हाफमा पनि गण्डकीले प्रदेश १ लाई दवामा राखेपनि गोल गर्न नसक्दा पहिलो हाफको गोल नै गण्डकीका जितमा पर्याप्त बन्यो ।
यस जितसँगै गण्डकीले ३ अंक जोडेको छ । दुई खेल खेलेको प्रदेश १ को पनि ३ अंक नै छ । गैर आवासिय नेपाली संघ (एनआरएनए) का ८ खेलाडीलाई प्रोटेस्ट लागेपछि पहिलो खेलमा हार बेहोरेको प्रदेश १ ले ३ अंक पाएको छ । एनआरएनए अंकविहीन छ ।
गोस्टेघाटमा एपीएफले मधेश प्रदेशलाई ६–० ले पराजित गरेको छ । एपीएफको जितमा प्रदिप लामाले दुई तथा मणि लामा, आवास लामिछाने, बिकु तामाङ र युवराज खड्काले समान एक गोल गरे ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]