3 years ago
October 17, 2022
एजेन्सी – इंग्लिस मिडफिल्डर मासन माउन्टको दुई गोल सहयोगमा लन्डन क्लब चेल्सीले सफलता हात पार्दा शीर्षस्थानमा रहेको आर्सनलले पनि जित निकालेको छ ।
चेल्सीले घरेलु टोली एस्टन भिल्लालाई २–० ले पराजित गरेको हो । भिल्ला पार्कमा आइतबार राति भएको खेलमा माउन्टले खेलको छैटौं र ६५औं मिनेटमा गोल गरेका थिए ।
यस जितसँगै चेल्सी ९ खेलबाट १९ अंक जोडेर चौथो स्थानमा रहेको छ । पराजित एस्टन भिल्ला ९ अंक जोडेर १६औं स्थानमा रहेको छ ।
अर्काे खेलमा शीर्षस्थानमा रहेको आर्सनलले लिड्स युनाइटेडलाई १–० ले पराजित गरेको छ । आर्सनलको जितमा ३५औं मिनेटमा बुकायो साकाले गरेको गोल नै निर्णायक बन्यो ।
यस जितसँगै आर्सनलले शीर्षस्थानमा ४ अंकको स्पष्ट अग्रता लिएको छ । आर्सनलको १० खेलबाट २७ अंक पुगेको छ । समान २३ अंक रहेको म्यानचेस्टर सिटी र टोटेनहम हटस्पर दोस्रो र तेस्रो स्थानमा रहेको छ । पराजित लिड्स ९ अंक जोडेर १५औं स्थानमा छ ।
अर्काे खेलमा म्यानचेस्टर युनाइटेड न्यूक्यासल युनाइटेडसाग गोलरहित बराबरीमा रोकिएको छ । लिभरपुलले म्यानचेस्टर सिटीलाई १–० ले पराजित गरेको छ ।
April 28, 2025
एजेन्सी – लिभरपुलले इंग्लिस प्रिमियर लिगको उपाधि जितेको छ। टोटेनहम हटस्परलाई आइतवार ५–१ ले पराजित गरेसँगै लिभरपुलले उपाधि पक्का गरेको हो । दोस्रो स्थानको आर्सनलको कमजोर प्रदर्शनका कारण लिभरपुललाई अन्तिम ५ खेलबाट मात्र १ अंक आवश्यक थियो । टोटेनहमका डोमिनिक सोलाङ्केले खेलको १२ औं मिनेटमा गोल गर्दै लिभरपुलाई दबाबमा पारे । तर त्यो अग्रतालाई जोगाउन […]
April 27, 2025
काठमाडौं (हाम्रो खेलकुद)- गोदावरी नगरपालिकाको आयोजनामा दोस्रो उपत्यकाव्यापी अन्तर पालिका गोदावरी मेयर कप फुटबल प्रतियोगिता शनिवारबाट सुरु हुने भएको छ । काठमाडौ उपत्यकामा रहेका २१ पालिकामध्ये हालसम्म आयोजक गोदावरी सहित ११ वटा पालिकाको सहभागिता निश्चित भइसकेको गोदावरी नगरपालिकाका खेलकुद संयोजक एवं वडा नम्बर १४ का वडा अध्यक्ष निरोज बज्राचार्यले आइतवार पत्रकार सम्मेलनमा जानकारी दिए । […]
April 27, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय महिला फुटबल टोलीको प्रशिक्षण अर्को साता सुरु हुने भएको भएको छ। एएफसी महिला एसियन कप अस्ट्रेलिया २०२६ छनोट चरणका लागि बैशाख २१ गते (मे ४ ) देखि बन्द प्रशिक्षण सुरु हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ। टोलीका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले बन्द प्रशिक्षणका लागि प्रारम्भिक टोलीमा ४८ खेलाडीको […]