default_image

3 years ago

October 17, 2022

महिला फुटबलको सेमिफाइनलमा आर्मी र एपीएफ तथा पुलिस र प्रदेश १ ले खेल्ने

505 views

0 Bookmark

स्याङ्जा (हाम्रो खेलकुद) – नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत महिला फुटबल प्रतियोगिताको सेमिफाइल समिकरण पूरा भएको छ ।

सोमबार एपीएफले गण्डकी प्रदेशलाई तथा प्रदेश १ ले कर्णाली प्रदेशलाई पराजित गरेसँगै सेमिफाइनल पुग्ने चार टोलीको टुंगो लागेको हो ।

सोमबार स्याङ्जाको वालिङमा भएको महिला फुटबलमा एपीएफले गण्डकी प्रदेशलाई ५–० को गोलले पराजित गर्न सफल भयो । खेलको दोस्रो मिनेटमा एपिएफकी रञ्जना दर्जीले पेनाल्टीबाट गोल गर्दै १–० गोलको अग्रता दिलाइन् ।

छैटौं मिनेटमा अनिता केसीले गोल गर्दै २–० को अग्रता दिलाइन् । खेलको ३७ औँ मिनेटमा सरु लिम्बुले तेस्रोे गोल गरेपछि एपीएफले पहिलो हाफसम्म ३–० गोलको अग्रता बनाएको थियो । ८३औँ मिनेटमा रञ्जना र ८८औँ मिनेटमा अनिताले गोल गरेपछि एपीएफले गण्डकीलाई ५–० गोलले पराजित गरेको हो ।

त्यस्तै सोमबार नै भएको समूह चरणको अन्तिम खेलमा प्रदेश १ ले कर्णाली प्रदेशलाई ६–० गोल अन्तरले पराजित गरेको छ । प्रदेश १ को जितका लागि अञ्जना राईले दुई गोल गरिन् । त्यस्तै, अनिता गुरुङ, प्रतिक्षा राई, तिर्था कुमारी लिम्बु र ममता राउतले समान १–१ गोल गर्न सफल भए ।

मंगलबार सेमिफाइनलका खेल हुनेछन् । पहिलो सेमिफाइनलमा नेपाल पुलिस क्लबले प्रदेश १ सँग प्रतिस्पर्धा गर्नेछ । अर्को सेमिफाइनलमा त्रिभुवन आर्मी फुटबल क्लबले एपीएफ क्लबसँग फाइनल प्रवेशको लागि प्रतिस्पर्धा गर्नेछ ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.