3 years ago
October 18, 2022
पोखरा (हाम्रो खेलकुद) – लामाचौर स्थित गोस्ते खेल मैदानमा गैर आवासीय नेपाली संघ (एनआरएन) ले ७ खेलाडी नै मैदानमा उत्रिन तयार थियो । तर गण्डकीका खेलाडीले खेल्न नमानेपछि खेल रद्द गर्नु परेको थियो । रद्द भएको खेलको निर्णय गर्दै राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले गण्डकीलाई ३ अंक दियो ।
गण्डकी ३ अंक पाउँदै समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनलमा प्रवेश गर्न सफल भयो । आधुनिक फुटबलमा विश्व फुटबल महासंघ (फिफा) को नियम अनुसार प्रत्येक खेलमा म्याच कमिशनर (खेल आयुक्त) हुनै पर्छ । म्याच कमिस्नर नभएमा खेल नै सुरु हुँदैन । खेलमा विवाद भए वा केही भएमा अन्तिम निर्णय गर्ने काम भनेकै म्याच कमिस्नर नै हो ।
आइतबार लामाचौरमा तालिका अनुसार मध्यान्ह १२:३० बजे खेल थियो । रेफ्री, गण्डकीका खेलाडी, स्थानीय आयोजक सुरक्षा व्यवस्था सबै भएपनि खेलमा म्याच कमिस्नर अनुपस्थित थिए । मैदानमा सहभागि एक खेलकर्मीका अनुसार म्याच कमिस्नर कृष्ण थापा विवादित खेलमा उपस्थिति हुनुपर्ने भएपनि उनी नआएको सुनाए ।
‘म्याच कमिस्नर विना त फुटबलको परिकल्पना पनि हुँदैन । यो सामान्य खेल होइन् राष्ट्रिय स्तरको खेल हो । यो खेलमा ख्याल ठट्टा चल्दैन्,’ उनले भने,‘यहाँ त म्याच कमिस्नर पनि भत्ता पचाउनका लागि मात्रै देखियो । त्यसै त विवादित खेल छ अनि म्याच कमिस्नर पनि छैन् यस्तो कँहि पनि देखिन् ।’
यस्तै कास्की जिल्ला फुटबल संघका एक सदस्यले आइतबार गण्डकी र एनआरएनको खेलमा म्याच कमिस्नर मात्रै नभई नवौंको पुरुष खेल संयोजक तथा सदस्यहरुकै सहभागिता नभएको बताए । उनले खेल भएपनि नभएपनि उनीहरुको उपस्थिति हुनैपर्ने थियो । पोखरामा जारी खेलको म्याच कमिस्नर कृष्ण थापा पोखरा रंगशाला स्थित फुटबल मैदानमा देखिएपनि लामाचौरमा भने अनुपस्थित थिए ।
अखिल नेपाल फुटबल संघ (एन्फा) का प्रतियोगिता निर्देशक संजिव मिश्रले हरेक खेलमा म्याच कमिस्नर अनिवार्य हुनुपर्ने जानकारी दिए । उनले एन्फाले विगत २० वर्ष यता हरेक खेलमा म्याच कमिस्नर राख्दै आएको सुनाए । म्याच कमिस्नर नभएमा खेल नै नहुने उनको भनाइ छ ।
‘गण्डकी र एनआरएनको खेलमा पनि म्याच कमिस्नर हुनुपर्थ्यो । त्यहाँ सबै निर्णय लिने भनेकै कमिस्नरले हो,’ उनले भने,‘हरेक निर्णय लिने अधिकार भनेकै म्याच कमिस्नरले हो ।’
आधुनिक फुटबलमा कमिस्नरको जिम्मेवारी निकै महत्त्वपूर्ण रहेको उनले सुनाए । ‘आधुनिक फुटबलमा जुन खेल हुन लागेको हो त्यो खेलमा कमिस्नर हुनैपर्छ । सम्पूर्ण खेल खेलाउने, एम्बुलेन्सदेखि मैदानको स्तर हेर्ने सबै काम उसैको हुन्छ । आयोजकको तर्फबाट सम्पूर्ण उत्तरदायित्व उनकै हुन्छ । रेफ्री नियुक्त गर्नेदेखी सुरक्षाको सबै पाटो हेर्ने काम हुन्छ,’ उनले भने ।
एनआरएन टिमका प्रतिनिधि धरमराज गिरीले आफुहरुलाई राखेपको निर्णय स्विकार्य नभएको बताए । उनले एनआरएनको विधान र खेलकुद फरक पाटो रहेको बताए । एनआरएनको सदस्यता प्राप्त गर्नका लागि १८० दिन पुगेको हुनुपर्ने प्रावधान रहेपनि एनआरएनले करारमा खेलाडी राख्नका लागि १८० दिन पुग्नुपर्ने प्रावधान नरहेको उनले बताए ।
‘राखेपले गरेको निर्णय हामी मान्दैनौं । पहिलो कुरा विधि विधानमा नेपालभित्रका खेलाडी खेल्न पाउँदैन भन्ने हुनुपर्छ त्यो छैन् । यो राष्ट्रिय स्तरको छनोट हो नेपाली खेलाडीले खेल्न नपाउने भन्ने हुन्छ ?,’उनले आइतबार आफ्नो टिमको ८ खेलाडीलाई कारवाहि गरेपछि सात जना खेलाडी नै मैदानमा उतार्न तयार रहेपनि रेफ्रीले नमानेको बताए ।
राखेपले एनआरएनलाई विभागिय क्लब मानिरहँदा आफुहरुले करारमा खेलाडी राख्न पाउनुपर्ने उनको माग छ । गण्डकीमा आयोजना भएको खेलमा एनआरएनको खेलाडी हटाउन खेलकुद मन्त्री समेत हात रहेको उनको आरोप छ । आफुहरुले विदेशी नखेलाइ नेपाली खेलाडीनै खेलाएको बताउँदै उनले प्रदेश १ ले जातीय भेदभाव गरेको भन्दै गम्भिर आरोप समेत लगाए ।
नवौंको नियम अनुसार १२ नं. बुदामा टिम तयारी बारे कुनैपनि विभागिय वा प्रदेशले आ–आफ्नो लेटरप्याडमा लेखिएको खेलाडी ल्याएमा खेलाउन सकिने छ भनिएको उनले सुनाए । राखेपले सुरुमा खेल्न दिनु भनेर पत्राचार गरेको र राखेपले नै कारवाहि गर्नु राखेपको लाचारीपना रहेको उनको भनाइ छ ।
‘राखेपले ८ जना खेलाडी नखेल्ने र बाँकी ७ जना खेल्ने भनियो । मैले एन्फालाई सोध्दा ७ जना र ११ जना खेलाम न त भन्दा हुँदैन रे?’ उनले भने, ‘म सात जना खेलाउन तयार थिए । त्यो खेलाउन रेफ्री नमान्दा म सबै खेलाडी हाल्न बाध्य भएँ ।’
राखेप निर्णयमा चुकेको उनको भनाइ छ । विभागियको विल्ला भिराएर करारमा खेलाडी राख्न नपाएको उनले सुनाए । एक फिफा रेफ्रीका अनुसार ७ जना खेलाडी भएपनि खेल खेल्न पाउँछन् । तर एनआरएनए र गण्डकीबीचको खेलमा भने उक्त खेलका रेफ्रीले खेलाउन मानेनन् । विवादित खेलमा फुटबल खेल संयोजक एन्फाका उपाध्यक्ष दावा लामा, सदस्य कास्की जिल्ला फुटबल संघ अध्यक्ष उज्वल रंजित र गोर्खा जिल्ला फुटबल संघका अध्यक्ष विशाल गुरुङ समेत उपस्थित नरहेको एक पदाधिकारीले बताए ।
May 25, 2025
एजेन्सी – रियल म्याड्रिडले जितका साथ यो सिजन ला लिगाको अन्त्य गरेको छ। रियल सोसिडाडलाई शनिवार २-० ले हराउँदै रियलले ला लिगामा सुखद अन्त्य गरेको हो । टोलीका लागि दुबै गोल किलियन एम्बाप्पेले गरे । एमबाप्पेले ३१ गोल गर्दै ला लिगाको समाप्त गरे। रियलका प्रशिक्षक कार्लो एन्चेलोट्टी र कप्तान लुका मोड्रिचको यो बिदाइ खेल पनि […]
May 24, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले पहिलो पटक साफ महिला क्लब च्याम्पियनसिप आयोजना गर्ने भएको छ। काठमाडौंमा आज भएको साफ कार्यकारिणी समितिको बैठकले साफ महिला क्लब च्याम्पियनसिप आयोजना गर्ने निर्णय गरेको हो । च्याम्पियनसिप सन् २०२५ को नोभेम्बरमा नेपाललमा हुने तय भएको छ। तर प्रतियोगिताको फरम्याट तथा कुन प्रक्रियाबाट क्लब छनोट हुने […]
May 23, 2025
काठमाडौं (हाम्रो खेलकुद)- च्याम्पियन प्लानिङ ब्वाइज क्लबका प्रताप सिंह राई सहिद स्मारक बी डिभिजन लिगका सर्वोत्कृष्ट खेलाडी चुनिएका छन् । उनले ट्रफीसहित १ लाख रुपैयाँ प्राप्त गरे। १५ गोलसहित प्लानिङ ब्वाइजका फागुराम थारु सर्वाधिक गोलकर्ता बने। टुसाल युथ क्लबविरुद्ध लिगको अन्तिम खेलमा ८-३ को जित निकाल्दा अन्तिम खेलमा फागुरामले ५ गोल गरेका थिए। उनले ५० […]