3 years ago
October 18, 2022
काठमाडौं (हाम्रो खेलकुद)– सहिद स्मारक ए डिभिजन लिगका विषयमा अखिल नेपाल फुटबल संघ (एन्फा) ले नयाँ निर्णय गरेको छ । एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङको अध्यक्षमा ए डिभिजन क्लबका प्रतिनिधिसहितको मंगलबार बसेको बैठकले ए डिभिजन लिगको नयाँ मिति तय भएको एन्फाले जनाएको छ ।

१४ ए डिभिजन क्लबमध्ये नेपाल पुलिस क्लबबाहेकका प्रतिनिधिको उपस्थितिमा भएको बैठकले पुस २६ गते देखि लिग गर्ने र डबल राउन्ड रोविन लिगका आधारमा गर्ने निर्णय गरेको एन्फा श्रोतले जनाएको छ । पुलिसले पनि नयाँ प्रस्तावित मितिमा सहमति जनाइसकेको बताइएको छ ।
यसअघि साउन २६ गते बसेको एन्फा केन्द्रिय समितिको बैठकले ए, बी र सी डिभिजन लिगको मिति गय गरेको थियो । जस अनुसारर ए डिभिजन लिग पुसा ८ गते देखि चैत ४ चैत सम्म सञ्चालन गर्ने तय भएको थियो । नयाँ निर्णय अनुसार २०८० जेठ २० गते सम्म ए डिभिजन लिग चल्नेछ ।
पहिलो चरणको लिग समाप्ती पछि पछि २५ देखि ३० दिनको विश्राम गरिने निर्णय पनि बैठकले गरेको छ । लिग दौरान चैत ५ देखि १४ गतेसम्म फिफा डेको कार्यक्रम हुने भएकोले सो समयमा पनि लिग हुने छैन । लिगको विभिन्न पक्षको बारेमा थप निर्णय गर्न कात्तिक १४ गते एन्फा र ए डिभिजन क्लबबीच वर्कसप गरिने एन्फाले जनाएको छ ।

December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]