3 years ago
October 20, 2022
वालिङ (हाम्रो खेलकुद)– नेपाल एपिएफ क्लबले नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला फुटबलमा स्वर्ण पदक जितेको छ ।

नवौंको सातौं तथा अन्तिम दिन अर्को विभागिय टोली नेपाल पुलिस क्लबलाई फाइनलमा २–१ ले हराउँदै एपिएफले स्वर्ण पदक जितेको हो । एपिएफका लागि दुवै गोल सावित्रा भण्डारी सम्बाले गरेकी थिइन् ।
पुलिसका लागि निरु थापाले गोल फर्काएकी थिइन् । सम्बाले सबै खेलमा गोल गरेकी छिन् । उनले प्रतितयोगिता भर १४ गोल गरिन् ।
राष्ट्रिय खेलकुदममा एपिएफको लगातार तेस्रो पटक च्याम्पियन बनेको हो । यसअघि सातौं र आठौं संस्करणमा एपिएपले स्वर्ण पदक जितेको थियो । अर्को विभागिय टोलीलाई सेमिफाइनलमा १–० ले हराउँदै एपिएफ फाइनल पुगेको थियो । अर्को सेमिफाइनलमा पुलिसले प्रदेश १ लाई ३–० ले हराएको थियो ।
विहीबार नै आर्मीले महिला फुटबलमा कास्य पदक जितेको थियो । आर्मीले प्रदेश १ लाई ७–० ले हराउँदै तेस्रो स्थान पक्का गरेको हो । आर्मीका लागि अमिसा कार्कीले ह्याट्रिक गरेकी थिइन् ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]