default_image

3 years ago

October 21, 2022

लेवान्डोस्की र फातीको गोलमा बार्सिलोनाको जित

326 views

0 Bookmark

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा सहज जित हात पारेको छ । बार्सिलोनाले घरेलु मैदानमा भिल्लारियललाई ३–० ले पराजित गरेको हो ।

बार्सिलोनाको जितमा पोलिस फरवार्ड रोबर्ट लेवान्डोस्कीको दुई तथा स्पेनिस विंगर अन्सु फातीको एक गोल गरे । तीन गोल पहिलो हाफमा ८ मिनेटको अन्तरमा भएको थियो ।

नोउक्याम्पमा बिहीबार राति खेलको सुरुवातदेखि नै पाहुना टोलीमाथि दवाव बढाएको बार्सिलोनाले ३१औं मिनेटमा लेवान्डोस्कीको गोलबाट अग्रता लिएको थियो । उनले जोडी अल्वाको पासमा गोल गर्न सफल भएका थिए ।

३५औं मिनेटमा लेवान्डोस्कीले व्यक्तिगत र टोलीको लागि दोस्रो गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर पारे । त्यसको तनि मिनेटपछि अन्सु फातीले गोल गरेपछि बार्सिलोनाले पहिलो हाफमा ३–० को आरामदायी अग्रता लिन सफल भयो ।

दोस्रो हाफमा पनि बार्सिलोनाले केही अवसर सिर्जना गरेपनि थप गोल निस्कन नसक्दा पहिलो हाफको गोल नै बार्सिलोनाको जितमा पर्याप्त बन्यो । भिल्लारियलले पनि केही अवसर सिर्जना गरेपनि सदुपयोग गर्न नसक्दा हार बेहोर्न पुग्यो ।

भिल्लारियलविरुद्ध दुई गोल गरेसँगै लेवान्डोस्कीले आफ्नो व्यवसायिक खेल करिअरमा ६०१ गोल पूरा गरेका छन् । ३४ वर्षीय लेवान्डोस्की सन् २००० पछि ६ गोल पुरा गर्ने लियोनेल मेस्सी र क्रिस्टियानो रोनाल्डोपछिको खेलाडी बनेका छन् । उनले यो सिजन बार्सिलोनाका लागि १४ खेलमा १६ गोल गरेका छन् ।

लेवान्डोस्कीले बायर्नबाट ३७५ खेलमा ३४४, बोरुसिया डर्टमुन्डबाट १८६ खेलमा १०३, पोलिस क्लब जिनिकबाट २१, पोलिस क्लब लेच पोजनानबाट २१ तथा पोल्यान्डबाट १३४ खेलमा ७६ गोल गरेका छन् ।

यस जितसँगै बार्सिलोनाले शीर्षस्थानको रियल म्याड्रिडसँगको अंक दुरी ३ मा छोट्याएको छ । बार्सिलोनाको १० खेलबाट २५ अंक पुगेको छ । शीर्षस्थानमा रियलको २८ अंक छ । पराजित भिल्लारियल १५ अंक जोडेर नवौं स्थानमा छ ।

ला लिगाकै अर्काे खेलमा अल्मेरियाले जिरोनालाई ३–२ ले तथा ओसासुनाले स्पान्योललाई १–० ले पराजित गरेको छ ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.