3 years ago
October 22, 2022
एजेन्सी – फ्रान्सेली विंगर फ्रान्क रिबेरीले व्यावसायिक फुटबलबाट सन्न्यास घोषणा गरेका छन् । पछिल्लो समय चोटका कारण मैदान फर्कन संघर्ष गरिरहेका रिबेरीले ट्वीटरमा लेख्दै आफ्नो सन्न्यास घोषणा गरेका हुन् ।

३९ वर्षीय विंगर इटालीको शीर्ष डिभिजन क्लब सालेरनितनामा अनुबन्धित थिए । घुँडाको चोटका कारण खेल्न नसकेपछि उनले क्लबसँग सम्झौता रद्द गर्दै सन्न्यास घोषणा गरेका हुन् । सन् २००७ देखि २०१९ सम्म बायर्न म्युनिखबाट खेलेका रिबेरीले क्लबका लागि ९ लिग उपाधि र एक च्याम्पियन्स लिग जितेका थिए ।
बायर्नका लागि ४ सय २५ खेल खेलेका उनले १ सय २४ गोल र १ सय ८२ असिस्ट दिएका थिए । गत सिजन सालेरनिताना पुगेका उनले त्यसअघि दुई सिजन इटालीकै फिओरेन्टिनाबाट खेलेका थिए । सिजनको पहिलो खेलमा रोमाविरुद्ध खेलेका उनले त्यसयता मैदान टेकेका छैनन् ।
सन् २००७ मा बायर्नले रिबेरीलाई मार्सेबाट १७ मिलियन पाउण्डमा अनुबन्ध गरेको थियो । तीन पटक फ्रान्सका उत्कृष्ट खेलाडी बनेका रिबेरीले राष्ट्रिय टोलीका लागि ८१ खेल खेले ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]