3 years ago
October 22, 2022
काठमाडौं (हाम्रो खेलकुद) – बंगलादेशमा अर्काे महिना हुने महिला यू१५ साफ च्याम्पियनसिपको लागि नेपाली युवा टोलीको घोषणा भएको छ ।

टोलीकी मुख्य प्रशिक्षक भगवती रानाले च्याम्पियनसिपका लागि २३ सदस्यीय अन्तिम टोली घोषणा गरेका हुन् । बन्द प्रशिक्षणमा ३० खेलाडी रहेका थिए । सानीमाया स्याङ्तान, सिवांगी स्नेही, दिलमाया घिसिङ, यसोधा बोहरा, निर्मला आचार्य, सन्जी थिङ र अनिषा विकले टोलीमा स्थान बनाउन सकेनन् ।
महिला यू१५ साफ च्याम्पियनसिप कात्तिक १५ देखि २५ गते सम्म हुने बंगलादेशको ढाकास्थित बिएसएसएसएमके स्टेडियममा हुनेछ । डबल राउन्ड रोविन लिगका आधारमा हुने च्याम्पियनसिपमा नेपालसहित आयोजक बंगलादेश र भुटानको मात्रै सहभागिता रहेको छ । खेल तालिका अनुसार नेपालले पहिलो खेलमा भुटानसँग कात्तिक १७ गते खेल्नेछ ।
नेपालले कात्तिक १९ गते आयोजक बंगलादेशसँग खेल्नेछ । त्यसपछि नेपालले फेरि कात्तिक २३ गते भुटान र कात्तिक २५ गते बंगलादेशसँग खेल्नेछ । डबल राउण्ड रोबिन लिगपछि शीर्ष टोलीले उपाधि जित्नेछ । मुख्य प्रशिक्षकमा भगवती राना मगर, सहायक प्रशिक्षकमा मंगल महर्जन र गोलकिपर प्रशिक्षकमा छन्नुराम चौधरी छन् ।
अन्तिम टोली
गोलरक्षक – राधिका ओली, सुजाता तामाङ र रुपा धिमाल
डिफेन्डर – सीता रोकाया, अमिता भुल, दीपा मगर, अन्जना पुन मगर, प्रेरणा डोल्मा लामा, रेणु लिम्बु र विपना स्नेही
मिडफिल्डर – सिमरन राई, पुनम चेम्जोङ, भावना परियार, सविता मन्डल, भुमिका बुढाथोकी, सुशिला केसी, सुक्रिया मिया, रेविका नेपाली, मनिषा सेन,
फरवार्ड – दीपा रोकाया, समिक्षा मगर, वर्षा ओली र सेनु परियार

December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]
December 17, 2025
एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]
December 17, 2025
एजेन्सी – बार्सिलोनाले ग्वाडालाजारालाई २-० ले पराजित गर्दै कोपा डेल रे को अन्तिम १६ मा स्थान बनाएको छ। खेलको सुरुवातमा बार्सिलोनाले गोल गर्ने अवसर पाए पनि पहिलो हाफमा गोल गर्न सकेन। ग्वाडालाजाराको रक्षापंक्तिले कडा प्रतिस्पर्धा प्रस्तुत गर्यो। दोस्रो हाफमा बार्सिलोना आक्रामक बन्यो। ७६औँ मिनेटमा आन्द्रेयास क्रिस्टेन्सनले हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए। ९०औँ मिनेटमा मार्कस […]