2 years ago
October 22, 2022
एजेन्सी – म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा लिगमा जित निकालेको छ । सिटीले घरेलु मैदानमा ब्राइटन होब अल्वियोनमाथि ३–१ को सहज जित निकालेको हो ।
सिटीको जितमा नर्वेली युवा फारर्ड एर्लिङ ब्राउट हालान्डले दुई तथा केभिन ड्रि ब्रुएनाले एक गोल गरे । ब्राइटनका लियान्द्रो ट्रोससार्डले एक गोल फर्काए ।
इतिहाद स्टेडियममा शनिबार राति भएको खेलको २२औं मिनेटमा हालान्डको गोलबाट सिटीले अग्रता लिन सफल भयो । उनले गोलरक्षक इडर्सन मोराएसको लामो पासलाई नियन्त्रणमा लिदै गोल गर्न सफल भएका थिए ।
४३औं मिनेटमा हालान्डले पेनाल्टीमा गोल गर्दै सिटीको अग्रता दोब्बर पारे । पेनाल्टी बक्समा डंकले बर्नाडो सिल्भालाई फउल गरेपछि रेफ्रीले भिएआरको सहायता लिदै सिटीलाई पेनाल्टी प्रदान गर्दा हालान्ड चुकेनन् ।
५३औं मिनेटमा लियान्द्रो ट्रोससार्डले गोल गर्दै खेललाई २–१ को स्थितिमा ल्याए । उनले सोली मार्सको पासमा गोल गनै सफल भएका थिए । ७३औं मिनेटमा ब्राइटन बराबरीबाट चुक्यो । सोली मार्सले बर्नाडो सिल्भालाई बिट गर्दै दिएको पासमा ट्रोससार्ड मैदानको मध्यभागबाटै एक्लै बल अघि बढाउँदै गरेको प्रहारलाई सिटीका गोलरक्षकले बचाए ।
७५औं मिनेटमा कप्तान केभिन डि ब्रुएनाले गोल गर्दै सिटीको जित पक्का गराए । बर्नाडो सिल्भाको पासलाई ब्रुएनाले नियन्त्रणमा लिदै पेनाल्टी बक्सबाहिरबाट गरेको सशक्त प्रहारले पोस्टको दिशा लिदा ब्राइटनका गोलरक्षकले बचाउने प्रयास गरेपनि सफल हुन सकेन ।
यस जितसँगै सिटीले शीर्षस्थानको आर्सनलसँगको अंक दुरी १ मा छोट्याएको छ । सिटीको ११ खेलबाट २६ अंक पुगेको छ । एक खेल कम खेलेको आर्सनलको २७ अंक छ । पराजित ब्राइटन १५ अंक जोडेर आठौं स्थानमा छ ।
प्रिमियर लिगकै अर्काे खेलमा एभर्टनले क्रिस्टल प्यालेसलाई ३–० ले हराएको छ । एभर्टनको जितमा डोमिनिक काल्भर्ट लेविन, एन्थोनी गोर्डन र डिवाइट म्याकनेलले गोल गरे ।
यस जितसँगै एभर्टन १२ खेलबाट १३ अंक जोडेर ११औं स्थानमा छ । पराजित क्रिस्टलको १३ अंक नै रहेपनि गोल अन्तर र हेड टु हेडमा एभर्टनसँग पछि छ ।
April 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- पोखरा थन्डर्स तेस्रो नेपाल सुपर लिग (एनएसएल) को दोस्रो क्वालिफायरमा पुग्न सफल भएको छ। एफसी चितवनलाई निरिह तुल्याउँदै ३-० को हार चखाउन पोखरा सफल रहयो। पोखराले चितवनसँग लिग चरणमा भोगेको हारको बदला समेत लिएको छ। पोखराको जितमा जो आइडोले दुई गोल गरे। पहिलो हाफ गोल रहित बराबरीमा सकियो। दोस्रो हाफमा १३ मिनेटभित्र […]
April 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सहिद स्मारक बी डिभिजन लिगमा उत्कृष्ट कमब्याक गर्दै ब्वाइज युनियन क्लबले सरस्वती युथ क्लबलाई २-१ गोल अन्तरले हराएको छ। ब्वाइज युनियनको यो दोस्रो जित हो। एन्फा कम्प्लेक्समा आज दिनको दोस्रो खेलमा सरस्वतीले २६ औं मिनेटमा अग्रता बनायो। विशेष लामाले गोल गरे। सरस्वती १-० ले अगाडि बढ्यो। खेलको ३५ औं मिनेटमा ब्वाइज युनियनका […]
April 20, 2025
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत इलिमिनेटरमा पोखरा थन्डर्स र एफसी चितवनबीचको खेल जारी छ। पहिलो हाफको खेल गोलरहित बराबरीमा सकिएको छ । दशरथ रङ्गशालामा जारी खेलमा पहिलो पटक प्ले अफ खेलिरहेको चितवनका टोरिक जेब्रिन चोट मुक्त भएर फर्किए । उनले कप्तानको जिम्मेवारी निभाए । लिग चरणको खेलमा चितवनले पोखरालाई […]