3 years ago
October 24, 2022
एजेन्सी – इंग्लिस प्रिमियर लिगमा टोटेनहम हटस्पर घरेलु मैदानमा न्यूक्यासल युनाइटेडसँग स्तब्ध बनेको छ । टोटेनहम २–१ ले स्तब्ध बनेको हो ।

टोटेनहमलाई स्तब्ध पार्न न्यूक्यासलका कलुम विल्सन र मिगुइल अल्मिरोनले गोल गरे । टोटेनहमका ह्यारी केनले गोल फर्काएपनि हार टार्न सकेन ।
टोटेनहम हटस्पर स्टेडियममा आइतबार राति भएको खेलको ३१औं मिनेटमा कलुम विल्सनले गोल गर्दै न्यूक्यासललाई १–० को अग्रता दिलाए । ४०औं मिनेटमा मिगुइल अल्मिरोनले सिन लङस्टाफको पासमा गोल गर्दै न्यूक्यासलको अग्रता दोब्बर पारे ।
५४औं मिनेटमा ह्यारी केनले क्लेमेन्ट लेङ्लेटको पासमा गोल गर्दै खेललाई २–१ को स्थितिमा ल्याएपनि त्यसपछि थप गोल निस्कन नसक्दा टोटेनहम घरेलु मैदानमा स्तब्ध बन्न पुग्यो ।
यस नतिजासँगै टोटेनहमले दोस्रो स्थानको म्यानचेस्टर सिटीसँग अंक बराबरी गर्ने मौका गुमाएको छ । पराजित टोटेनहम २३ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । सिटीको २६ अंक छ । न्यूक्यासल २१ अंक जोडेर चौथो स्थानमा उक्लिएको छ ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]