3 years ago
October 26, 2022
एजेन्सी – पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डो युरोपा लिग खेलअघि म्यानचेस्टर युनाइटेडको टोलीमा फर्केका छन् । गत साता रोनाल्डोले अनुशासन उल्लंघन गरेपछि क्लबले चेल्सीविरुद्ध खेलमा उनलाई टोलीमा राखेको थिएन ।

प्रशिक्षक एरिक टेन हागले रोनाल्डोलाई गत विहीबार टोटेनहम विरुद्ध खेलमा बेन्चबाट मैदान छिराउन चाहेका थिए । तर खेलको अन्त्यतिर रोनाल्डोले मैदान पस्न नमान्दै खेल चलिरहँदा ड्रेसिङ रुमतर्फ लागेका थिए । खेलपछि क्लबले रोनाल्डो चेल्सीविरुद्ध खेलमा समावेश नहुने जनाएको थियो । रोनाल्डोले आफ्नो सामाजिक संजालमा भने त्यसबेला आफूले सहि कार्य नगरेको बताएका थिए ।
टेन हागले पनि रोनाल्डोसँग छलफल भएको र टोलीमा फर्केको पक्का गरे । ‘हामीबीच सबै कुरा भएको छ । एक अर्काको प्रश्नको उत्तर पायौं । उनलाई एक खेलका लागि टोलीबाट बाहिर राखेका थियौं । अब उनी टोलीमा फर्केका छन्,’ टेन हागले भने ।
रोनाल्डो टोलीमा फर्कंदा डिफेन्डर राफाएल भारान भने टोलीबाट बाहिर नै रहनेछन् । चेल्सीविरुद्ध खेलमा चोट बोकेका उनले विश्वकपसम्म खेल्ने छैनन् । उनको विश्वकप खेल्ने सम्भावना भने निकै कमजोर छ । २९ वर्षीय डिफेन्डरले फ्रान्सका लागि ८७ खेल खेलिसकेका छन् ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]