default_image

3 years ago

October 28, 2022

म्यानचेस्टर युनाइटेडको सानदार जित, रियल सोसिडाड अपराजित

359 views

0 Bookmark

एजेन्सी – युइएफए युरोपा लिगमा म्यानचेस्टर युनाइटेडले सानदार जित निकालेको छ । घरेलु मैदानमा युनाइटेडले मोल्दोभाको एफसी सेरिफलाई ३–० ले पराजित गरेको हो ।

युनाइटेडको जितमा डिएगो डालोट, मार्कुस रासफोर्ड र क्रिस्टियानो रोनाल्डोले गोल गरे । पहिलो हाफमा एक गोल गरेको युनाइटेडले दोस्रो हाफमा दुई गोल थपेको थियो ।

ओल्ड ट्रार्फोडमा बिहीबार राति भएको खेलको ४४औं मिनेटमा डिएगो डालोटको गोलबाट युनाइटेडले पहिलो हाफमा १–० को अग्रता लिएको थियो । उनले क्रिस्टियन एरिक्सनको पासमा गोल गर्न सफल भएका थिए ।

६५औं मिनेटमा मार्कुस रासफोर्डले गोल गर्दै युनाइटेडलाई २–० ले अघि बढाए । उनले लुकास साको पासमा गोल गर्न सफल भएका थिए । त्यसपछि ८१औं मिनेटमा रोनाल्डोले गोल गर्दै युनाइटेडलाई सहज जित दिलाए ।

प्रशिक्षक एरिक टेन ह्यागसँगको खराव सम्वन्धका बावजुत उनले सेरिफविरुद्धको खेलमा पुरै समय मैदानमा बिताएका थिए ।

यस जितसँगै युनाइटेड समूह ‘ईं’ मा ५ खेलबाट १२ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । पराजित सेरिफ ३ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

यही समूहको अर्काे खेलमा रियल सोसिडाडले साइप्रसको ओमोनिया निकोसियालाई २–० ले पराजित गरेको छ । सोसिडाडको जितमा रोवर्ट नभारो र ब्राइस मेन्डेजले गोल गरे ।

यस जितसँगै सोसिडाड ५ खेलबाट १५ अंक जोडेर शीर्षस्थानमा रहेको छ । पराजित ओमोनिया निकोसिया अंकविहीन हुँदै पुछारमा छ ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.