3 years ago
October 30, 2022
एजेन्सी – फ्रेन्च लिग वानमा शीर्षस्थानमा रहेको पेरिस सेन्ट जर्मेन (पिएसजी) ले रोमाञ्चक पूनरागमन जित निकालेको छ ।

घरेलु मैदानमा पिएसजीले दुई पटक पछि परेको स्थिति उल्ट्याएर ट्रोएसमाथि ४–३ को रोमाञ्चक जित निकालेको हो ।पिएसजीको जितमा कार्लाेस सोलेरसँगै लियोनेल मेस्सी, नेयमार र केलियन एमबाप्पेले गोल गरे । ट्रोएसका मामा बाल्डेले दुई तथा एन्टी पालाभेर्साले एक गोल गरे ।
पार्क डेस प्रिन्सेसमा शनिबार राति भएको खेलको तेस्रो मिनेटमा नै मामा बाल्डेको गोलबाट पिएसजी पछि परेको थियो । उनले रोनी लोपेसको पासमा गोल गरेका थिए । २४औं मिनेटमा कार्लाेस सोलेरले नेयमारको पासमा गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।
५२औं मिनेटमा मामा बाल्डेले व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गर्दै ट्रोएसलाई पुनः खेलमा २–१ को अग्रता दिलाए । उनले विल्सन ओडोबर्टको पासमा गोल गर्न सफल भएका थिए ।
त्यसको तीन मिनेटपछि मेस्सीले सर्जियो रामोसमा पासमा उत्कृष्ट गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए । ६२औं मिनेटमा नेयमारले मेस्सीको पासमा गोल गरेपछि पिएसजीले खेलमा ३–२ को अग्रता लिन सफल भयो ।
७७औं मिनेटमा एमबाप्पेले पेनाल्टीमा गोल गर्दै पिएसजीलाई जिततर्फ अघि बढाए । ८८औं मिनेटमा एन्टी पालाभेर्साले गोल गर्दै खेललाई ४–३ को स्थितिमा ल्याएपनि त्यसपछि थप गोल निस्कन नसक्दा पिएसजी रोमाञ्चक पूनरागमन जित निकाल्न सफल भयो ।
यस जितसँगै पिएसजीले शीर्षस्थानमा ५ अंकको अग्रता कायम गरेको छ । अपराजित रहेको पिएसजीको १३ खेलबाट ३५ अंक पुगेको छ । पराजित ट्रोएस १३ अंक जोडेर ११औं स्थानमा छ ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]