10 years ago
September 17, 2015
भाद्र ३१ | हाम्रो खेलकुद
ए.एफ्.सी यु१६ च्याम्पिएनसिपको छनोट चरणको प्रतियोगितामा भोलि घरेलु टोली किर्गिस्तान विरुद्ध खेल्दा टोली होसियार हुनुपर्ने प्रशिक्षक उपेन्द्रमान सिंहले बताएका छन्|
प्रतियोगिताको पहिलो खेलमा जोर्डनलाई २-१ले पराजित गरेको नेपाल समुह ‘बि’को दोश्रो स्थानमा रहेको छ| समुहको अर्को खेलमा किर्गिस्तान विरुद्ध २-०को जित दर्ता गर्दै ओमान शिर्ष स्थानमा रहेको छ|
प्रशिक्षक उपेन्द्रमान सिंहले घरेलु टोलीसंगको खेल बचेर खेल्नुपर्ने बताएका छन्| ‘दर्शकहरु धेरै हुने र खेलाडीको ध्यान मोडिन सक्ने खतरा हुन्छ, हामीले खेलमा नै ध्यान दिन अत्यन्त जरुरी हुन्छ| गेम फ्लड लाइटमा खेलाइने भएपनि हामीलाई समस्या हुन्न किनकि बंगलादेशमा भएको साफमा हामीले लाइटमै खेलिसक्यौं’, सिंहले भने|
नेपालले शुक्रबार बेलुका ७:४५ बजे किर्गिस्तान बिरुद्ध समुहको दोश्रो खेल खेल्दै छ|
December 5, 2025
एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]
December 4, 2025
एजेन्सी – प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]