3 years ago
October 30, 2022
एजेन्सी – पुछारमा रहेको नटिङहम फरेस्टमाथि सानदार जित निकाल्दै लन्डन क्लब आर्सनल इंग्लिस प्रिमियर लिगको शीर्षस्थानमा फर्किएको छ ।

घरेलु मैदानमा नटिङहममाथि ५–० को फराकिलो जित निकालेपछि आर्सनलले म्यानचेस्टर सिटीलाई पछि पार्दै शीर्षस्थानमा फर्र्किएको हो ।
आर्सनलको जितमा रेइस नेल्सनले दुई तथा गाब्रियल मार्टिनेली, थोमस पार्टे र मार्टिन ओडेगार्डले समान एक गोल गरे । पहिलो हाफमा एक गोल गरेको आर्सनलले दोस्रो हाफमा चार गोल थप्दै फराकिलो जित निकाल्न सफल भयो ।
इमिरेट्स स्टेडियम लन्डनमा आइतबार राति भएको एकपक्षीय खेलमा आर्सनलले खेलको पाँचौं मिनेटमा मार्टिनेलीको गोलबाट अग्रता लिएको थियो । उनले बुकायो साकाको पासलाई सदुपयोग गरेका थिए ।
४९औं मिनेटमा रेइस नेल्सनले गोल गर्दै आर्सनलको अग्रता दोब्बर पारे । त्यसपछि ५२औं मिनेटमा नेल्सनले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरेपछि आर्सनलले खेलमा ३–० को अग्रता लिन सफल भयो । उनले गाब्रियल जेससको पासमा गोल गर्न सफल भए ।
५७औं मिनेटमा थोमस पार्टेले नेल्सनको पासमा गोल गर्दै आर्सनलले ४–० ले अघि बढाए । त्यसपछि ७८औं मिनेटमा मार्टिन ओडेगार्डले गाब्रियल जेससको पासमा गोल गर्दै आर्सनललाई ५–० को सानदार जित दिलाए ।
यस जितसँगै शीर्षस्थानमा उक्लिएको आर्सनलको १२ खेलबाट ३१ अंक पुगेको छ । दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीको २९ अंक छ । पराजित नटिङहम १३ खेलबाट ९ अंक जोडेर पुछारमा रहेको छ ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]