default_image

1 year ago

November 1, 2022

च्याम्पियन्स लिगमा आज ८ खेल हुँदै

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग २०२२-२३ अन्तर्गत चार समूहको अन्तिम खेलहरु आज हुँदैछन् । ८ समूह मध्य ५ समूहमा शीर्ष दुई टोलीको टुंगो लागिसकेको छ । आज ए देखि डी सम्म खेल हुनेछन् । हालसम्म नकआउट चरण पुग्ने १२ टोली पक्का भइसकेको छ । बाँकी रहेको ४ स्थानका लागि ३ समूहका टोली प्रतिस्पर्धा गर्दैछन् । […]

82 views

0 Bookmark

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग २०२२-२३ अन्तर्गत चार समूहको अन्तिम खेलहरु आज हुँदैछन् । ८ समूह मध्य ५ समूहमा शीर्ष दुई टोलीको टुंगो लागिसकेको छ । आज ए देखि डी सम्म खेल हुनेछन् ।

हालसम्म नकआउट चरण पुग्ने १२ टोली पक्का भइसकेको छ । बाँकी रहेको ४ स्थानका लागि ३ समूहका टोली प्रतिस्पर्धा गर्दैछन् । यस्तै समूहको तेस्रो स्थानमा रहेर युरोपा लिगमा पुग्न पनि टोलीबीच प्रतिस्पर्धा हुनेछ । हालसम्म ३२ मध्य ३ टोली मात्र समूह चरणबाट नै बाहिरिने पक्का भइसकेको छ ।

समूह ए : नेपोली १५, लिभरपुल १२, आयाक्स ३, रेन्जर्स ०

अन्तिम खेल : लिभरपुल विरुद्ध नेपोली, रेन्जर्स विरुद्ध आयाक्स (मंगलबार मध्यरात १:४५ बजे)

लिभरपुलले समूह चरणको अन्तिम खेलमा नेपोलीको सामना गर्दैछ । उक्त खेलमा ४ गोल वा सोभन्दा माथिको जितले लिभरपुल समूहको शीर्ष स्थानमा पुग्नेछ । अन्य नतिजाले भने लिभरपुल दोस्रो हुँदै अघि बढ्ने छ ।

यस्तै युरोपा लिगमा पुग्न रेन्जर्सले आयाक्सलाई ५ वा सोभन्दा बढी गोलले हराउनु पर्नेछ ।

समूह बी : क्लब ब्रुग १०, पोर्टो ९, एटलेटिको म्याड्रिड ५, बायर लेभरकुसन ४

अन्तिम खेल : बायर लेभरकुसन विरुद्ध क्लब ब्रुगा, पोर्टो विरुद्ध एटलेटिको म्याड्रिड (मंगलबार रात ११:३० बजे)

क्लब ब्रुगाले समूहको शीर्ष स्थानमा रहन पोर्टोको नतिजा बराबर गर्नुपर्छ । यदि पोर्टोले ब्रुगभन्दा बढी अंक जोडे शीर्ष स्थानमा पुग्नेछ । एटलेटिकोले युरोपा लिगमा पुग्न कम्तिमा बायरको नतिजा बराबरी गर्नुपर्छ ।

समूह सी : बायर्न म्युनिख १५, इन्टर मिलान १०, बार्सिलोना ४, भिक्टोरिया प्लेजन ०

अन्तिम खेल : बायर्न म्युनिख विरुद्ध इन्टर मिलान, भिक्टोरिया प्लेजन विरुद्ध बार्सिलोना (मंगलबार मध्यरात १:४५ बजे)

यस समूहको सम्पूर्ण स्थान पक्का भइसकेको छ । आजको नतिजाले कुनै टोलीको स्थान परिवर्तन हुँदैन ।

समूह डी : टोटेनहम हट्सपर ८, स्पोर्टिङ लिस्बन ७, आइन्ट्रयाक्ट फ्रान्कफर्ट ७, मार्से ६

अन्तिम खेल : मार्से विरुद्ध टोटेनहम, स्पोर्टिङ लिस्बन विरुद्ध आइनट्रयाक्ट फ्रान्कफर्ट (मंगलबार मध्यरात १:४५ बजे)

यस समूहको चार टोली नै नकआउट चरणमा पुग्ने समिकरणमा जीवित छन् । टोटेनहमले जित हासिल गरे शीर्षस्थानमा रहेर अघि बढ्नेछ । लिस्बन र टोटेनहम दुवै बराबरीले अघि बढ्न सक्छन् ।

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

April 19, 2024

लिभरपुल युरोपा लिगबाट बाहिरियो

एजेन्सी – प्रिमियर लिग क्लब लिभरपुल युरोपा लिगबाट बाहिरिएको छ। इटालियन क्लब एट्लान्टालाई क्वाटरफाइनलको दोस्रो लेगमा बिहीबार १-० ले हराएपनि समग्रमा ३-१ ले पछि रहँदै लिभरपुल युरोपा लिगबाट बाहिरिएको हो। घरेलु मैदान एनफिल्डमा भएको पहिलो लेगमा लिभरपुल ३-० ले पराजित भएको थियो। एट्लान्टा सेमिफाइनलमा पुगेको छ। मोहम्मद सलाहले सातौं मिनेट गरको पेनाल्टी गोलमा लिभरपुल विजयी […]

April 18, 2024

पुल्चोक र स्पोर्टस एकेडेमीको जित

काठमाडौं (हाम्रो खेलकुद) – पुल्चोक स्पोर्टस क्लब र स्पोर्टस एकेडेमी साँगाले बिहीबार सहिद स्मारक सी डिभिजन लिगमा जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रोतर्फमा स्पोर्टस एकेडेमीले रानीवन स्पोर्टस क्लबलाई १–० ले हराएको छ । स्पोर्टस एकेडेमी टिकाराज गुरुङले ५६ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । ३ खेलमा दोस्रो जितपछि स्पोर्टस् एकेडेमीको […]

Success

Thank you for your time.