3 years ago
November 2, 2022
एजेन्सी – फ्रान्सेली प्रतिद्धन्द्धी मार्सेमाथि पूनरागमन जित निकाल्दै इंग्लिस क्लब टोटेनहम हटस्पर युइएफए च्याम्पियन्स लिगको समूह ‘डी’ को विजेता बन्दै प्रि–क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

टोटेनहमले घरेलु टोली मार्सेमाथि २–१ को पुनरागमन जित निकाल्यो । टोटेनहमको जितमा क्लेमेन्ट लेङ्लेट र पिएरे इमिल होज्वजर्गले गोल गरे । मार्सेका चान्सेल म्हेम्वाको गोल सान्त्वना बन्यो ।
मार्सेमा मंगलबार राति भएको खेलको पहिलो हाफको इन्ज्युरी समयमा चान्सेलको गोलबाट मार्सेले सुरुवाती अग्रता लिएको थियो । उनले जोर्डन भेरेटआउटको पासमा गोल गर्न सफल भएका थिए ।
५४औं मिनेटमा क्लेमेन्ट लेङ्लेटले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । उनले इभान पेरिसिसको पासलाई सदुपयोग गरे । त्यसपछि इन्ज्युरी समयको थप गरिएको पाँचौ मिनेटमा पिएरे इमिलले ह्यारी केनको पासमा गोल गर्दै टोटेनहमलाई पूनरागमन जितसहित समुह विजेता बनायो ।
अर्काे खेलमा जर्मन क्लब फ्रान्कफुर्टले पोर्चुगिज क्लब स्पोर्टिङ सिपीमाथि २–१ को पूनरागमन जित निकाल्दै समुह उपविजेताको रुपमा अघिल्लो चरणमा प्रवेश गरेको छ । फ्रान्कफुर्टको जितमा दाइची कामदा र रान्डल कोलो मुएनीले गोल गरे । स्पोर्टिङका आर्थरको गोल सान्त्वना बन्यो ।
यो समूहमा चारै टोलीको नकआउट चरण पुग्ने सम्भावना रहँदा आ–आफ्नो खेलमा सफलता हात पार्दै टोटेनहम र फ्रान्कफुर्ट अघिल्लो चरणमा प्रवेश गरेका हुन् ।
यस नतिजासँगै टोटेनहम ६ खेलबाट ११ अंक जोड्दै समूह विजेता बन्यो । फ्रान्कफुर्ट १० अंक जोडेर दोस्रो हुँदा स्पोर्टिङ ७ अंकसहित तेस्रो तथा मार्से ६ अंक जोडेर पुछारमा रह्यो ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]