2 years ago
November 3, 2022
एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडले युइएफए च्याम्पियन्स लिगको समूह चरणको अन्तिम खेलमा सानदार जित आत्मसात गरेको छ ।
रियलले घरेलु मैदानमा स्कटिस क्लब सेल्टिकमाथि ५–१ को फराकिलो जित निकालेको हो । सान्टियागो बर्नबेउमा बुधबार राति भएको एकपक्षीय खेलमा रियलको फराकिलो जितमा लुका मोड्रिच, रोड्रिगो, मार्काे एसेन्सियो, भिनिसियस जुनियर र फेडे भाल्भेर्डेले गोल गरे । सेल्टिकका जोटाले एक गोल फर्काए ।
खेलको छैटौं मिनेटमा नै लुका मोड्रिचले पेनाल्टीमा गोल गर्दै रियललाई १–० ले अघि बढाए । मोरिट्ज जेन्जले पेनाल्टी बक्समा ह्यान्ड गर्न पुगेपछि रियलले पेनाल्टी पाएको थियो ।
२१औं मिनेटमा रोड्रिगोले पेनाल्टीमा गोल गर्दै रियलको अग्रता दोब्बर पारे । म्याथ्यु ओरिलेले पेनाल्टी बक्समा ह्यान्ड गर्न पुगेपछि रेफ्रीले भिएआरको सहायता लिदै रियललाई पेनाल्टी प्रदान गर्दा रोड्रिगो चुकेनन् । ३५औं मिनेटमा सेल्टिकले पेनाल्टी पाएपनि रियलका गोलरक्षक थिवाउट कोर्टुवाले बचाए ।
५१औं मिनेटमा ड्यानी कार्भाजलको पासमा मार्काे एसेन्सियाले उत्कृष्ट गोल गर्दै रियललाई ३–० ले अघि बढाए । ६१औं मिनेटमा भाल्भेर्डेको पासमा भिनिसियसले गोल गर्दै रियललाई फराकिलो जिततर्फ अघि बढाए । ७१औं मिनेटमा फेडे भाल्भेर्डेले लुकास भास्क्वेजको पासमा गोल गर्दै रियललाई ५–० ले अघि बढाए ।
८४औं मिनेटमा जोटाले फ्रिकिकमा सिधै गोल गर्दै खेललाई ५–१ को स्थितिमा ल्याएपनि त्यसपछि थप गोल निस्कन नसक्दा रियलले फराकिलो जित निकाल्न सफल भयो ।यस जितसँगै रियल ६ खेलबाट १३ अंक जोडेर समूह ‘एफ’ मा शीर्षस्थानमा रह्यो । सेल्टिक २ अंक जोडेर पुछारमा रह्यो ।
यही समूहको अर्काे खेलमा आरबी लाइप्जिगले साख्तर डोनेस्कमाथि ४–० को सानदार जित निकाल्यो । लाइप्जिगको जितमा क्रिस्टोफोर एनकुनकु, आन्द्रे सिल्भा, डोमिनिक जोबोस्लाईले गोल गर्दा एक गोल उपहार पायो । भालेरी बोन्डरले आत्मघाती गोल गरे ।
यस जितसँगै लाइप्जिग १२ अंक जोडेर समूहमा दोस्रो भयो । साख्तर ६ अंक जोडेर तेस्रो स्थानमा रह्यो ।
March 16, 2025
एजेन्सी – बायर्न म्युनिख जर्मन बुन्डेसलिगामा एफसी युनियन बर्लिनसँग बराबरीमा रोकिएको छ । शीर्ष स्थानको बार्यनलाई शनिवार बर्लिनले १-१ को बराबरीमा रोकेको हो। बर्लिनकोमैदानमा बायर्नका लागि लेरोय सानेले गोल गरे । घरेलु टोलीका लागि भने बेनेडिक्ट होलरबाचले गोल गरे । खेलको ७५औं मिनेटमा बायर्नका सानेले टोलीलाई अग्रता दिलाएका थिए । तर, त्यसको ८ मिनेट पछि […]
March 16, 2025
एजेन्सी – एसी मिलानले इटालियन सिरी ‘ए’ मा कोमोविरुद्ध पुनरागमन जित निकालेको छ । मिलानले शनिवार कोमोलाई २-१ ले हरायो। मिलानले घरेलु मैदानमा कामोविरुद्ध १-० ले पछि परेको स्थितिबाट २ गोल गर्दै पुनरागमन जित हासिल गरेको हो । मिलानको जितमा क्रिस्टियन पुलिसिच र टिज्जानी रेइन्डर्सले गोल गरे । पाहुना टोलीका लागि लुकास कुञ्हा ले गोल […]
March 16, 2025
एजेन्सी – इङ्ग्लिस प्रिमियर लिगमा शनिवार नटिङ्घम फरेस्टले इप्स्विचलाई हराएको छ । नटिङ्घमले रेलिगेसन जोनमा इप्स्विच टाउनमाथि ४–२ को सहज जित हासिल गर्यो । इप्स्विचको मैदानमा नटिङ्घमलाई जितमा दिलाउन एन्टोनी एलाङ्गाले २ तथा निकोला मिलेनकोभिच र जोटा सिल्भाले समान १ गोल गरे । घरेलु टोलीका वुडुकोजेन्स काजस्टे र हर्स्टदिर खुसानोवले गोल गरे । खेलको ३५औं […]