default_image

2 years ago

November 4, 2022

आर्सनलको जित

262 views

0 Bookmark

एजेन्सी – इंग्लिस क्लब आर्सनलले युरोपा लिगमा जित निकालेको छ । घरेलु मैदानमा आर्सनलले एफसी जुरिचलाई १–० ले पराजित गरेको हो ।

इमिरेट्स स्टेडियम लन्डनमा बिहीबार राति भएको खेलमा आर्सनलको जितमा पहिलो हाफमा काइरन टिएरनीले गरेको गोल नै निर्णायक बन्यो । उनले १७औं मिनेटमा गोल गरेका थिए ।

यस जितसँगै आर्सनल समूह ‘ए’ मा ६ खेलबाट १५ अंक जोडेर शीर्षस्थानमा रह्यो । पराजित जुरिच ३ अंक जोडेरमा पुछारमा रह्यो ।

यही समूहको अर्काे खेलमा पिएसभी इन्डोभेनले बोडो ग्लिम्टलाई २–१ ले पराजित गरेको छ । इन्डोभेनको जितमा बाकायोकोले गोल गर्दा एक गोल उपहार पाएको थियो । बोडोका निनो जुगेल्जले एक गोल फर्काए । यस जितसँगै इन्डोभेन ६ खेलबाट १३ अंक जोडेर दोस्रो स्थानमा रहँदा बोडो ४ अंक जोडेर तेस्रो स्थानमा रह्यो ।

यस्तै समूह ‘बी’ को खेलमा फेनरवाचले डाइनामो किएभलाई २–१ ले पराजित गर्दा रेनेस र एइके लारनाकाले १–१ गोलको बराबरी खेलेका छन् ।

समूह ‘सी’ मा रियल बेटिसले एचजेकेलाई ३–० ले पराजित गर्दा रोमाले लुडोगोरेट्स राजग्राडलाई ३–१ ले हराएको छ ।समूह ‘डी’ मा ब्रागाले माल्मोलाई २–१ ले तथा युनियन बर्लिनले युनियन जिलोइसलाई १–० ले पराजित गरेको छ ।

एफसी सेरिफले ओमोनिया निकोसियालाई तथा फियोनुर्डले लाजियोलाई समान १–० ले पराजित गरेको छ । मिट्जेल्यान्डले स्ट्रम ग्राजलाई २–० ले तथा मोनाकोले एफके क्रेभेना जेभेज्दालाई ४–१ ले हराएको छ ।

नान्टेसले ओलम्पियाकोसलाई २–० ले पराजित गर्दा क्वारावाग र फ्रेइवर्गले १–१ गोलको बराबरी खेलेका छन् । म्यानचेस्टर युनाइटेडले रियल सोसिडाडलाई १–० ले हराउँदा ट्रावजोन्सपरले फेरेन्कभारोसलाई १–० ले नै पराजित गरेको छ ।

March 25, 2025

एन्फा कार्यसमितिको बैठक आज पनि बस्दै

काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) कार्यसमितिको बैठक आज दोस्रो दिन पनि बस्दैछ। विविधसहित १६ वटा विभिन्न एजेण्डामा तय बैठक छलफल बाँकी नै रहेकाले एन्फाले सोमवार बैठक स्थगित गरेको थियो। आज दिउँसो १:०० बजे बैठक सुरु हुनेछ। आज नै एएफसी एसिया कप छनोटमा नेपालले घरेलु टोली मलेसियाको सामना गर्दैछ । एन्फा बैठकले साधारण […]

March 25, 2025

नेपाली फुटबल टोलीले अर्को इतिहास रच्ला?

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय फुटबल टोलीले यस पटकको विदेश यात्रामा एउटा इतिहास रचिसकेको छ। नेपालले सिंगापुरलाई शुक्रवार अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा १-० हराएको थियो। पुरुष फुटबलमा नेपालले सिंगापुरलाई हराएको र गोल गरेको त्यो पहिलो खेल थियो। जिलेस्पी जंग कार्कीले गरेको अग्रतालाई नेपाली टोली जोगाउन सफल भएको थियो। मुख्य प्रशिक्षक म्याट रोसले टोली सम्हालेयता त्यो पहिलो खेल […]

March 25, 2025

विश्वकप छनोटमा इङ्ग्ल्यान्डको जित

एजेन्सी – विश्व कप युरोपियन छनोटमा इङ्ग्ल्यान्डले लगातार जित निकालेको छ । वेम्बलीमा इङ्ग्ल्याण्डले लात्भियालाई सोमवार ३-० ले पराजित गर्यो । थोमस टुचेलले इङ्ग्ल्यान्डको मुख्य प्रशिक्षकका रूपमा लगातार दोस्रो जित प्राप्त गरे। फिफा वरियताको १ सय ४०औं स्थानमा रहेको लात्भियाविरुद्ध गोलका लागि संघर्ष गर्यो । चेल्सीका कप्तान रिस जेम्सले ३८ औं मिनेटमा झन्डै २० यार्डबाट […]

Success

Thank you for your time.