default_image

3 years ago

November 4, 2022

डिफेन्डर पिकेले सन्न्यास लिने

229 views

0 Bookmark

एजेन्सी – स्पेन तथा क्याटलान क्लब बार्सिलोनाका भेट्रान डिफेन्डर जेरार्ड पिकेले फुटबलबाट तत्कालै सन्न्यास लिने घोषणा गरेका छन् ।

बार्सिलोना र अल्मेरियाबीच शनिबार क्याम्प नोउमा हुने खेलपछि पिकेले फुटबलबाट तत्काल सन्यास लिने घोषणा गरेका हुन् । ‘नोउ क्याम्पमा अल्मेरियाविरुद्धको खेल नै मेरो व्यवसायिक खेल करिअरको अन्तिम खेल हुनेछ,’ पिकेले सामाजिक सन्जालमा लेखेका छन् ।

‘पछिल्ला केही साता धेरै मानिसहरूले मेरो बारेमा कुरा गरिरहेका छन् । मैले अहिलेसम्म केहि भनेको छैन,’ पिकेले भने, ‘तपाईंहरु जस्तै, म सधैं बार्सिलोनाको फ्यान रहेको छु र म फुटबल परिवारमा जन्मेको थिए ।’

‘मैले त्यो सानो जेरार्डको बारेमा धेरै सोचिरहेको छु, उसको सबै सपनाहरू पूरा भएका छन् । उनी बार्सिलोनाको पहिलो टोलीमा पुगे र सम्भव भएसम्म हरेक ट्रफी जिते,’ जेरार्डले भने, ‘उनी युरोपेली र विश्व च्याम्पियन बने र विश्वका सर्वश्रेष्ठसँग खेले । उनी टोलीका कप्तान मध्ये एक पनि भए ।’

‘म बार्सिलोनामा आबद्ध भएको २५ वर्ष भइसक्यो । म छाडेर फर्किए । फुटबलले मलाई सबै दिएको छ, बार्सिलोनाले मलाई सबै दिएको छ । र अब त्यो बच्चाको सबै सपना साकार भएको छ, मैले निर्णय गरेको छु कि अब यो यात्राको अन्मित समय हो । यो शनिबारको खेल क्याम्प नोउमा मेरो अन्तिम खेल हुनेछ ।’

चार वर्षअघि नै अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका पिकेलाई स्पेनका प्रशिक्षक लुइस इनरिकेले यसै महिना कतारमा हुने फिफा विश्वकप २०२२ को लागि स्पेनको ५५ सदस्यीय प्रारम्भिक टोलीमा समावेश गरेका थिए । ३५ वर्षीय डिफेन्डर पिकेले सन् २०१८ पछि स्पेनका लागि खेलेका छैनन् ।

पिकेले यो सिजन बार्सिलोनामा केवल ८ खेल मात्रै खेलेका छन् । उनी बार्सिलोनाको उपकप्तान रहेपनि टोलीमा स्थान बनाउन उनले एरिक गार्सियासँगै जुल्स कुन्डे, एन्ड्रियास क्रिस्टेन्सेन, रोनाल्ड एराउजो र मार्काेस अलन्सोसँग संघर्ष गरिरहेका छन् । सन् २००९ देखि २०१८ सम्ममा पिकेले स्पेनका लागि १०२ क्याप जित्दा ५ अन्तर्राष्ट्रिय गोल गरेका छन् ।

बार्सिलोनाको एकेडेमीकै हुर्किएका पिकेले २००४ देखि २००८ सम्म इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडमा खेलेका थिए । उनले बार्सिलोनामा ८ ला लिगा, ७ कोपा डेल रे, ६ सुपर कोपा, ३ च्याम्पियन्स लिग, ३ युइएफए सुपर कप र ३ फिफा क्लब विश्वकप जितेका छन् ।

यस्तै युनाइटेडबाट समान एक प्रिमियर लिग, कम्युनिटी शिल्ड र च्याम्पियन्स लिग जितेका छन् । स्पेनबाट समान एकपटक फिफा विश्वकप र युरो कप जितेका छन् ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.