default_image

1 year ago

November 5, 2022

नेपालले बंगलादेशलाई हरायो

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली यू-१५ महिला राष्ट्रिय टोलीले साफ यू-१५ महिला च्याम्पियनसिपमा लगातार दोस्रो जित दर्ता गर्ने क्रममा उपाधि दावेदार बंगलादेशलाई हराएको छ । बंगलादेशको ढाकास्थित मोस्ताफा कमल रंगशालामा नेपालले फरवार्ड वर्षा ओलीको गोलमा १-० को जित दर्ता गरेको हो । वर्षाले खेलको ८७ औं मिनेटमा गरेको गोल नै निर्णायक सावित भयो । सिमरन […]

298 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली यू-१५ महिला राष्ट्रिय टोलीले साफ यू-१५ महिला च्याम्पियनसिपमा लगातार दोस्रो जित दर्ता गर्ने क्रममा उपाधि दावेदार बंगलादेशलाई हराएको छ ।

बंगलादेशको ढाकास्थित मोस्ताफा कमल रंगशालामा नेपालले फरवार्ड वर्षा ओलीको गोलमा १-० को जित दर्ता गरेको हो । वर्षाले खेलको ८७ औं मिनेटमा गरेको गोल नै निर्णायक सावित भयो । सिमरन राईले पेनाल्टी बक्सबाहिरबाट प्रहार गरेको फ्रिकिकलाई बंगलादेशी गोलरक्षक अघि बढेको अवस्थामा वर्षाले प्लेसिङ गरेको बलले जाली चुम्यो ।

यसअघि पहिलो खेलमा नेपालले भुटानमाथि ७-० को जित दर्ता गर्दा वर्षाले एक्लै ४ गोल गरेकी थिइन् । उनी ५ गोलसहित प्रतियोगिताको सर्वाधिक गोलकर्ता सूचीमा अगाडी छिन् ।

यस जितसँगै नेपाल अंक तालिकाको शीर्षस्थानमा उक्लिएको छ । नेपालले २ खेलमा ६ अंक जोडेको छ । दोस्रो स्थानको बंगलादेशको ३ अंक छ । भुटानले हालसम्म अंक जोडेको छैन । भुटान पहिलो खेलमा बंगलादेशसँग ८-० ले पराजित भएको थियो ।

३ राष्ट्र सहभागी यस प्रतियोगिता डबल राउन्ड रोबिन पद्दतिमा भइरहेको छ । लिगको अन्त्यमा सर्वाधिक अंक जोड्ने टोलीले प्रतियोगिता जित्नेछ । नेपालले अब भुटान र बंगलादेशसँग नै खेल्नेछ । नेपालले अब बुधबार भुटानलाई पराजित गरेर शुक्रबार बंगलादेशलाई बराबरीमा रोकेपनि उपाधि जित्नेछ ।

April 14, 2024

इंग्ल्यान्ड ‘सी’ सँग खेल्ने प्रारम्भिक टोलीमा २८ खेलाडी

काठमाडौ ( हाम्रो खेलकुद)- इंग्ल्यान्ड ‘सी’ विरुद्ध हुने मैत्रीपूर्ण खेलका लागि प्रारम्भिक टोलीको घोषणा भएको‌ छ। नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनिसले आइतबार २८ सदस्यीय प्रारम्भिक टोली घोषणा गरेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले सामाजिक सन्जाल मार्फत जानकारी दिएको छ। अल्डरसट टाउन एफसीको रंगशाला इबिबीमा वैशाख २४ गते बीच मैत्रीपूर्ण फुटबल हुनेछ।  […]

April 14, 2024

क्यासी स्पोर्टसलाई यु १३ फुटबल उपाधि

गोरखा (हाम्रो खेलकुद)- क्यासी स्पोर्टस् एकेडेमी यु-१३ राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि जितेको छ । द ओसन क्लबको आयोजनामा गोरखा नगरपालिका–९ स्थित एस्ट्रो टर्फमा शनिबार थ्री स्टार क्लबलाई पेनाल्टी सुट आउटमा ३-२ ले हराउँदै क्यासी च्याम्पियन बनेको हो ।निर्धारित समयमा १–१ को बराबरी भए पछि खेल पेलान्टी सुटआउटमा गएको थियो । क्यासी २० हजार रुपैयाँ, ट्रफी […]

April 14, 2024

ब्रुनोको दुई गोलमा युनाइटेड हारबाट जोगियो

एजेन्सी – कप्तान तथा मिडफिल्डर ब्रुनो फर्नान्डेसले दुई गोल गरेपछि म्यानचेस्टर युनाइटेड इंग्लिस प्रिमियर लिगमा हारबाट जोगिएको छ । खेलमा दुईपटक पछि परेको स्थितिमा ब्रुनोले दुई गोल गरेपछि युनाइटेडले घरेलु टोली बर्नमाउथसँग २–२ गोलको बराबरी खेलेको हो । बर्नमाउथका डोमिनिक सोलांके र जस्टिन क्लुइभर्टले गोल गरेपनि जित निकाल्न सकेन । बर्नमाउथमा शनिबार राति भएको खेलको […]

Success

Thank you for your time.