3 years ago
November 5, 2022
एजेन्सी – म्यानचेस्टर सिटीका प्रशिक्षक पेप गुआर्डीओलाले प्रिमियर लिग अन्तर्गत फुलहमविरुद्ध खेलका लागि चोटबाट संघर्ष गरिरहेका फरवार्ड एर्लिङ हालान्डलाई बेन्चमा राखेका छन् । यता फुलहमले ब्राजिलियन कार्लोस भिनिसियसलाई सुरुवाती रोजाइमा उतारेको छ ।

चोटका कारण पछिल्ला खेल गुमाएका हालान्डले प्रशिक्षणमा पुनरागमन गरेलगत्तै आज खेल्ने अनुमान गरिएको थियो । तर गुआर्डीओलाले उनलाई बेन्चमा राखेका छन् । उनले च्याम्पियन्स लिगमा बोरुसिया डर्टमुन्डविरुद्ध पहिलो हाफ खेलेपछि प्रिमियर लिगमा लेस्टर सिटी र च्याम्पियन्स लिगमा सेभियाविरुद्ध खेल गुमाएका थिए ।
हालान्डले जारी सिजन लिगका ११ खेलमा १७ गोल गरिसकेका छन् । च्याम्पियन्स लिगमा ४ खेल खेल्दै उनले ५ गोल गरेका छन् । उनले दुई साताअघि प्रिमियर लिगमा ब्राइटनविरुद्ध २ गोल गरेका थिए । त्यसयता डर्टमुन्डविरुद्ध खेलमा घाइते भएपछि उनी मैदानबाहिर थिए ।
सिटीले आज आक्रमणमा अर्जेन्टिनी फरवार्ड जुलियन अल्भारेजलाई उतारेको छ । उनलाई ज्याक ग्रिलिस र बर्नार्डो सिल्भाले साथ दिनेछन् । मिडफिल्डमा केभीन डे ब्रुएन, इल्काए गुन्डोगन र रोड्री रहेका छन् । डिफेन्समा म्यानुएल अकान्जी, जोन स्टोन्स, नाथन आके र जोआओ कान्सेलो छन् । एडरसन गोलरक्षकमा नियमित छन् ।

विपक्षी फुलहमले आक्रमणमा यसै सिजन क्लबमा भित्रिएका ब्राजिलियन फरवार्डद्वय कार्लोस भिनिसियस र विलियन उतारेको छ । यसअघि टोटेनहमबाट खेलेका भिनीसियसले प्रिमियर लिगमा ७ खेल खेल्दा गोलको खाता खोल्न सकेका छैनन् । उनले सुरुवाती रोजाइमा भने दोस्रो पटक अवसर पाएका हुन् ।
फुलहमको मिडफिल्डमा जोआओ पाल्हिन्हा, आन्द्रिएस परेरा, ह्यारिसन रिड र ह्यारी विल्सन रहेका छन् । डिफेन्समा केनी टेटे, टिम रिम, एन्टोनी रबिन्सन र इसा डिओप छन् । जर्मन गोलरक्षक बर्न्ड लेनोले सुरुवात गर्दैछन् ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]